१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
८ महिनादेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको इलाका प्रशासन कार्यालय सिंगटी। तस्बिर : श्याम खतिवडा/नयाँ पत्रिका। 
श्याम खतिवडा दोलखा (सिंगटी)
Invalid date format १७:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

८ महिनादेखि कार्यालय सहयोगीको भरमा इलाका प्रशासन !

Read Time : > 1 मिनेट
श्याम खतिवडा, दोलखा (सिंगटी)
नयाँ पत्रिका
Invalid date format १७:५९:oo

दोलखाको उत्तरी क्षेत्रस्थित मुख्य व्यापारिक केन्द्र सिंगटी बजारमा रहेको इलाका प्रशासन कार्यालय प्रमुख नहुँदा आठ महिनादेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ।

२०७६ सालबाट सुरु भएको इलाका प्रशासन साउनयता दुईजना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो। 

स्थानीयलाई नागरिकता उपलब्ध गराउने र अन्य प्रशासनिक कामकाज गर्न खुलेको इलाका प्रशासन कार्यालय ८ महिनादेखि प्रमुखविहीन बनेपछि स्थानीय वासिन्दाले हदैसम्मको सास्ती व्यहोरिरहेका छन्। 

कार्यालय प्रमुख नहुँदा दोलखाको उत्तरी क्षेत्रस्थित ३ वटा गाउँपालिकाका १८ वडाका नागरिकहरूलाई सरकारी सेवा लिन हदैसम्मको सास्ती व्यहोर्नुपरेको छ। 

जिल्लाका ३ वटा स्थानीय तहहरू कालिञ्चोक, बिगु र गौरीशंकर गाउँपालिकाभित्रका डेढ दर्जनभन्दा धेरै वडाका स्थानीयवासी नागरिकता लिन र अन्य प्रशासनिक काम गर्न दुई दिनको समय खर्चेर जिल्ला सदरमुकाम चरिकोट पुग्न बाध्य छन्। 

गएको साउन अन्तिम साता तत्कालीन कार्यालय प्रमुख जयबहादुर वाइबा अन्यत्र सरुवा भएपछि प्रमुखविहीन बनेको इलाका प्रशासनमा मन्त्रालयले अहिलेसम्म अर्को व्यवस्था गर्न सकेको छैन।
 
प्रमुख नभएपछि कार्यालयमा रहेका दुईजना नायब सुब्बाहरूलाई समेत जिल्ला प्रशासन कार्यालयमा काजमा झिकाएको थियो। दुईजना नासुसमेत नभएपछि साउनयता ८ महिनादेखि दुई कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन भइरहेको छ। 

उक्त कार्यालयमा अधिकृत एक, नायब सुब्बा दुई, सहलेखापाल एक र दुईजना कार्यालय सहयोगीसमेत गरी ६ जनाको दरबन्दी छ। तर, ८ महिनादेखि दुईजना सहयोगीबाहेक अन्य कुनै कर्मचारी उपस्थित छैनन्। 

बिगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले पटक-पटक कर्मचारी पठाउन आग्रह गरे पनि सुनुवाइ नभएको बताए। उनले कि कार्यालय उठाउन कि त कर्मचारी पठाउन भने पनि मातहतका निकायहरूले बेवास्ता गरेको जनाएका छन्। 

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले प्रमुख नहुँदा नागरिकता नबन्ने समस्या त छँदै छ। प्रतिलिपि लिन पनि सिंगटी पुग्नुपर्ने तर प्रतिलिपिमा हस्ताक्षर गराउन पनि सदरमुकाम पुग्नुपर्ने जसका लागि स्थानीयवासीको तीन दिन समय लाग्ने भएकाले तत्काल यो समस्याको समाधान गर्न आग्रह गरेका छन्। 

दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौडेलले इलाका प्रशासनमा मात्रै होइन जिल्ला प्रशासनमा पनि पर्याप्त कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या हुने गरेको बताएका छन्। 

नयाँ पत्रिकासँग कुरा गर्दै पौडेलले आफू प्रजिअका रूपमा हाजिर भएकै दिनदेखि सामान्य प्रशासन र गृह मन्त्रालयमा कर्मचारी पठाउन आग्रह गरे पनि सुनुवाइ नभएको बताएका छन्। उनले सकेसम्म छिटो कर्मचारीको व्यवस्था गर्न मातहतका मन्त्रालयमा कर्मचारी पठाउन थप पहल गर्ने जनाएका छन्।