मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत १५ बुधबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १५ बुधबार १३:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति र अवैतनिक वाणिज्यदूतबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १५ बुधबार १३:५४:oo

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरूसँग राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरेका छन्। 

आज बिहान राष्ट्रपति पौडेलसँग भेटका लागि शीतलनिवास आएका विभिन्न मुलुकका अवैतनिक महावाणिज्य र वाणिज्यदूतलाई उनले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखी काम गर्नुपर्नेमा जोड दिएका हुन्।  

वाणिज्यदूतका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवर्द्धनमा समेत आफूहरूले प्रभावकारी ढंगले काम गर्दै आएको बताए। 

उनीहरूले राष्ट्रपति पदमा निर्वाचित भएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना दिए।