Skip This
रिजाल र अधिकारीलाई स्रष्टा सम्मान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:४८:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

रिजाल र अधिकारीलाई स्रष्टा सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:४८:oo

नेपाल संगीत उद्योग संघले आइतबार गीतकार भोला रिजाल र संगीतकार सुरेश अधिकारीलाई ‘स्रष्टा सम्मान’ प्रदान गरेको छ । ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९’ मा उनीहरूलाई यो सम्मान दिइएको हो ।

त्यसैगरी, अभिनेता शिव श्रेष्ठलाई ‘कलाकारिता सम्मान’, पत्रकारद्वय तुलसी गिरी ‘भावुक’ र सुमन पण्डितलाई ‘पत्रकारिता सम्मान’, हेमराज ढकाल, सुमित केडिया, भक्त हमाल, नरेशलाल श्रेष्ठ, नानीराज घिमिरे र रविन श्रेष्ठलाई ‘व्यावसायिक सम्मान’ प्रदान गरिएको छ ।

‘पानी चल्दैन’ बोलको गीतका लागि यश कुमारलाई ‘बेस्ट डिकेड सिंगर’ अवार्ड प्रदान गरिएको छ । त्यस्तै, ‘म के गरूँ’का लागि रामचन्द्र लाम्गादेले ‘बेस्ट न्यु लिरिक्स’, ‘नढाँटन है’का लागि दीपक लिम्बूले ‘बेस्ट सिंगर (मेल)’, ‘बिहानीको मिर्मिरे उज्यालोमा’का लागि बबिता मानन्धरले ‘बेस्ट सिंगर (फिमेल), ‘ज्यालाको पर्दा’का लागि गोविन्द लिम्बूले ‘बेस्ट न्यु सिंगर (मोडर्न सङ)’ र ‘छैन है गुनासो’का लागि डिपी खनालले ‘बेस्ट लिरिक्स (मोडर्न सङ)’ को अवार्ड जितेका छन् ।