मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत १३ सोमबार १०:१२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फ्रेन्ड्सलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

Read Time : < 1 मिनेट
२०७९ चैत १३ सोमबार १०:१२:००

 थ्री स्टार क्लब छैटौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोलअन्तरले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो ।

खेलको ५९औँ मिनेटमा दीपेश गुरुङले थ्री स्टारलाई १–० को अग्रता दिलाएका थिए । खेलमा उनकै गोल निर्णायक बन्यो । पहिलो हाफमा थ्री स्टार र फ्रेन्ड्सबीच गोलरहित बराबरी भएको थियो । 

खेलमा म्यान अफ दी म्याच दीपेश गुरुङ घोषित भएका छन् । जितसँगै थ्री स्टारले सेमिफाइनलमा सुदूरपश्चिम–११ र नेपाल पुलिस क्लबबीचको १६ चैतमा हुने खेलको विजेतासँग खेल्नेछ । प्रतियोगिताअन्तर्गत सोमबार मनाङ मस्र्याङ्दीले बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताका विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस् क्लबले आयोजना गरेको हो ।