१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १२ आइतबार
  • Sunday, 11 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o७९ चैत १२ आइतबार १७:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान पटक-पटक मिचिँदा कार्यान्वयनमा चुनौती भयो : भीम रावल

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ चैत १२ आइतबार १७:o४:oo

नेकपा एमाले नेता भीमबहादुर रावल कञ्चनपुर महेन्द्रनगर आएका छन्। पूर्वउपप्रधानमन्त्री एवं एमाले पूर्वउपाध्यक्ष रावल महेन्द्रनगर आएका हुन्।

आइतबार आफूनिकट केही एमाले नेता कार्यकर्ता एवं अन्य पार्टीका नेता-कार्यकर्तासँग समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्।

महेन्द्रनगरस्थित होटेल सिद्धार्थको हलमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा कञ्चनपुर सहइन्चार्ज प्रकाशबहादुर रावल, एमाले नेता नरबहादुर विश्वकर्मा, भोजराज जोशी, मोहन रावलसहितका एमाले नेता-कार्यकर्ताको उपस्थितिमा अन्तर्क्रिया भएको नेताहरूले बताएका छन्। 

उक्त कार्यक्रम कुनै एमाले पार्टी वा अन्य पार्टीको आयोजनामा नभई नेता रावलले साथीभाइसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्न खोजेको सहभागीहरूले बताएका छन्। एक सहभागिताले यो कुनै गुट, उपगुटको भेला नभई अहिलेका एमाले नेता-कार्यकर्ता एवं पूर्वका एमाले नेता-कार्यकर्तासँग सामान्य भेटघाट मात्रै भएको बताए। 

कार्यक्रमको सम्बोधन गर्दै एमाले नेता रावलले संविधान प्रभावकारी कार्यान्वयन भएको बताएका छन्। नेता रावलले संविधान पटक-पटक मिचिने काम हुँदा अहिले कार्यान्वयनमा चुनौती रहेको र त्यसको प्रभाव अर्थतन्त्रमा देखिएको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै रावलले संविधान पटक–पटक मिच्दा मुलुकले यस्तो दुर्दशा खेप्नुपरेको धारणा राखेका छन्।