मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत १० शुक्रबार ०६:३७:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ चैत १० शुक्रबार ०६:३७:००

नेपाल प्रहरीको नेतृत्व छिटो–छिटो परिवर्तन हुँदा संगठनमा त्यसको असर के हुन्छ ? 
नेपाल प्रहरीमा धेरै योजना बनाउने र फिलोसोफिकल कुराको अर्थ छैन । किनकि त्यसअनुसार काम गर्न दिने वातावरण नै छैन । ऐन–कानुनले कति अधिकार प्रहरीलाई दिएको छ, त्यसको कति प्रतिशत कार्यान्वयन गरेका छौँ, क्यालकुलेसन गर्दा हुन्छ । योजना बनाएर काम गर्ने त्यो किसिमको वातावरण नै छैन । आइजिपीको कार्यकाल छोटो नै भए पनि इमानदारीसाथ कानुन कार्यान्वयनमा ठूलो समस्या हुँदैन । यद्यपि प्रहरी नेतृत्वमा स्थिरता आवश्यक हुन्छ । तर, प्रहरीलाई बलियो बनाउन कतैबाट पहल भएजस्तो लादैन । त्यो वातावरण बन्न नदिने पुलिस आफैँ हो, त्यो हामीले स्वीकार गर्नुपर्छ । 

नेपाली सेनामा हरेक प्रधानसेनापतिले पूरा कार्यकाल  काम गरेका छन्,  प्रहरीमा त्यो प्रणाली किन लागू हुन सकेन ? 
नेपाली सेनामा ५८ वर्ष उमेरभित्र प्रधानसेनापति भएपछि कार्यकाल  ठ्याक्कै तीन वर्ष हुने व्यवस्था छ । प्रधानसेनापतिको उमेरहद ६१ वर्ष छ । प्रहरीका आइजिपीको ५८ वर्ष छ । अर्काेतर्फ ३० वर्षे सेवा अवधि भएकाले प्रहरी नेतृत्व बारम्बार फेरिएको हो ।  प्रहरीमा पनि अनुसन्धान र अन्वेषण गरेर सिस्टम बनाउनुपर्छ । 

३० वर्षे सेवाहद किन हट्न नसकेको हो ? 
३० वर्षे सेवाहद उपयुक्त हो भनेर कसैले पनि भनेको छैन । अरू वेला हटाउनुहुँदैन भन्ने आफू आइजिपी भएपछि मात्र हटाउनुपर्छ भन्ने प्रवृत्तिले समस्या भएको हो । यसमा अध्ययन गरेर कसैलाई पनि असर नपर्ने गरी हटाउनैपर्छ ।