१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर ।
Invalid date format २२:१४:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीका मुख्यमन्त्रीलाई राहत, विश्वासको मत दिन कांग्रेस तयार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:१४:oo

१२ गतेभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यतामा रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राहत मिलेको छ। 

फेरिएको शक्ति सन्तुलनको कारण देखाएर मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी गर्दै कांग्रेस बिहीबारको प्रदेश सभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्री जम्कट्टेले ठूलो दबाबमा परेका थिए। 

एमालेले समेत समर्थन गर्ने निर्णय नगरेको अवस्थामा सभाको सबैभन्दा ठूलो दलको समर्थनबिना जम्कट्टेलले विश्वासको मत पाउने सम्भावना रहँदैन। यस्तोमा सभाको बैठकमा कांग्रेस सांसदहरू अनुपस्थित भएपछि प्रदेश सरकारको भविष्य के हुने भन्ने अन्योल सिर्जना भएको थियो। 

तर, बिहीबारै कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ। बुधबार रोकिएको विश्वासको मत लिने काम शुक्रबार अघि बढ्दै छ। सो बैठकमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय कांग्रेस संसदीय दलले गरेको हो। 

यसअघि मुख्यमन्त्री जम्कट्टेलले बुधबारको बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए। कांग्रेस अनुपस्थित भएपछि अन्तिम समयमा शुक्रबार दिउँसो १ बजे बस्ने गरी प्रदेश सभा बैठक स्थगित गरिएको थियो।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले शुक्रबारको बैठकमा उपस्थित भएर मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने बताए।

‘हामीले शुक्रबारको बैठकमा उपस्थित भएर मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छौँ। कांग्रेसको प्रदेश समिति र संसदीय दल दुवैबाट मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको छ। हामी सोहीअनुरूप प्रदेश सभामा उपस्थित भएर विश्वासको मत दिन्छौँ,’ उनले भने।

नेता लामाले तत्काल प्रदेश सरकारलाई वैधानिकता दिनुपर्ने भएकाले विश्वासको मत दिन लागेको पनि स्पष्ट पारे। उनले प्रदेश सरकारको नेतृत्वमा कांग्रेसको दाबी भने कायमै रहेको बताए।

‘सरकारको वैधानिकताको लागि सरकारलाई विश्वासको मत दिन्छौँ। तर, सरकारको नेतृत्वमा हाम्रो दाबी छ। प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले सरकारको नेतृत्व पाउनुपर्छ। यो शक्ति पृथकीकरणको सिद्धान्त पनि हो,’ उनले भने । 

नेता लामाले केन्द्रमा माओवादीको नेतृत्वको सरकार हुँदा राजधानीको पनि राजधानी बागमती प्रदेशमा सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरे।