१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन : मन्त्री मोदी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने स्पष्ट पारेका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचौँ विभागीय अधिवेशनलाई सम्बोधन गर्दै उनले निजामती प्रशासनभित्र देखिएको बेथितिलाई सुधार गरिने बताए। 

‘निजामती प्रशासनभित्रका बेथिति सुधार गर्नुपर्छ भन्दा केही मान्छेमा छटपटी भएको छ,’ उनले भने, ‘वृत्तिविकासका लागि पनि एकै ठाउँमा बसिरहने कुरा राम्रो होइन। तर, मेरो प्रस्ट कुरा के छ भने पूर्वाग्रह राखेर कसैको पनि सरुवा गर्दैनौँ।’

कर्मचारी जनताको सेवकभन्दा बढी राजनीतिमा क्रियाशील भएको गुनासो बढिरहेको जनाउँदै मन्त्री मोदीले जनताका कामलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिए। ‘तपाईंहरू आस्था र विचारको हिसाबले कुनै एउटा दलसँग नजिक हुनुहोला। तर, म भन्न चाहन्छु, तपाईं हाम्रो एउटै उद्देश्य भनेको देश र जनताको सेवा गर्नु हो,’ उनले भने। रासस