मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत ९ बिहीबार ०९:५४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लमजुङका सात स्थानीय तह दमकलविहीन 

Read Time : < 1 मिनेट
२०७९ चैत ९ बिहीबार ०९:५४:००

चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेको लमजुङमा बेँसीसहर नगरपालिकासँग मात्रै अग्नि नियन्त्रणका लागि दमकल छ । बाँकी सात स्थानीय तहसँग दमकल छैनन् । कुनै पनि स्थानीय तहले दमकल खरिद गर्ने तयारी गरेका छैनन् ।

आगलागी भएका वेला समयमा चाँडै र दक्ष कर्मचारी पठाउने गरिएको बेँसीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले बताए । ‘ठूलो आगलागी भएका वेला अन्य स्थानीय तहले हाम्रै नगरको दमकल प्रयोग गर्ने गरेका छन्,’ उनले भने । 

सबै स्थानीय तहको अधिकांश बस्ती तथा भागमा सडक पुगे पनि भौगाेलिक संरचनाका कारण सबै ठाउँमा आगलागी हुँदा दमकल पुग्न सम्भव छैन । जिल्लामा आगलागी हुँदा दमकलविनै प्रहरीले आगो नियन्त्रण गर्ने गरेको र ठूलो आगलागी हुँदा प्रहरी वेलैमा पुगे पनि दमकल पुग्न समय लाग्ने भएकाले क्षति बढी हुने गरेको स्थानीय बताउँछन् । स्थानीय तहमा आपत परेका वेलामा अत्यावश्यक दमकलको व्यवस्था छैन ।