Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ चैत ८ बुधबार १८:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङका हिमाली क्षेत्रमा हिमपात

Read Time : < 1 मिनेट
२०७९ चैत ८ बुधबार १८:३८:००

ताप्लेजुङको पाथीभरालगायत हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। तीन दिनदेखि लगातारको वर्षापछि यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको हो।

पाथीभरा मन्दिर क्षेत्रमा करिब डेढ फुट हिउँ परेको छ भने मथिल्लो फेदीमा केही मात्रामा हिउँ परिरहेको पाथीभरा क्षेत्रका होटेल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए। हिमपातका कारण वृद्धवृद्धा र बालबालिकालाई समस्या भए पनि गुराँसका डालीमा परेको हिउँले पर्यटकहरू मुग्ध भएका छन्।

मानाभारा, जलजलेलगायत जिल्लाका डाँडाकाँडाहरू सेताम्मे देखिएका छन्। हिउँदमा कालापत्थर बनेका पहाडहरू अहिले हिउँले ढाकेका छन्।