Skip This
जातीय छुवाछुत तोड्न जागरण अभियान आवश्यक : अध्यक्ष ओली
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जातीय छुवाछुत तोड्न जागरण अभियान आवश्यक : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३७:oo

एमाले अध्यक्ष केपी ओलीले जातिभेद, रंगभेद तथा छुवाछुतको अमानवीय प्रथालाई सामाजिक रूपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन्।  

आज ५८औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जातीय छुवाछुत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताए।  

‘कानुनी रूपमा बर्जित भए पनि छुवाछुतजस्तो अमानवीय प्रथा पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। यसलाई तोड्न समाजका सबै तप्काबाट जागरण अभियान चलाउनु आवश्यक छ,’ उनीद्वारा जारी सन्देशमा भनिएको छ। उनले पार्टीले मानव अधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रूपमा आत्मसात् गरेकोसमेत बताए।  

अध्यक्ष ओलीले एमाले जात, जाति, वर्ग, वर्ण, लिंग, धर्म, संस्कृतिलगायतका आधारमा गरिने विभेद र शोषणको विरुद्ध लड्दै आएको पार्टी रहेको उल्लेख गर्दै एमालेको सरकारले छुवाछुतबाट पीडित र प्रताडितको आर्थिक सबलीकरण र सामाजिक मर्यादाका लागि नीतिगत सुधारमा नेतृत्वदायी भूमिका खेलेको बताए।  

संयक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो। यो दिवस भने सन् १९६६ देखि प्रत्येक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ।