मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत ६ सोमबार १५:०९:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

ओखलढुंगामा मुख्यमन्त्रीको सवारी तोडफोड प्रयास

Read Time : < 1 मिनेट
२०७९ चैत ६ सोमबार १५:०९:००

ओखलढुंगामा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सवारीसाधनमा तोडफोड प्रयास भएको छ । ओखलढुंगा सदरमुकामबाट तलुवा सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा गोरुमारे भञ्ज्याङमा आन्दोलनकारीले सवारी तोडफोडको प्रयास गरेका हुन् ।

कोसी नाम सच्याउन माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरले मुख्यमन्त्री सवार गाडीको झन्डा भाँचेर फालेका छन् । उनीहरूले मुख्यमन्त्रीलाई कालोझन्डासमेत देखाएका थिए ।

पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदेशभर आन्दोलन भइरहेका वेला ओखलढुंगा आएका मुख्यमन्त्रीलाई विरोधस्वरूप कालोझन्डा देखाइएको किराँत–राई यायोक्खाका अध्यक्ष थगेन्द्रराज राईले बताए । 

मुख्यमन्त्री कार्की शनिबार बेलुकादेखि ओखलढुंगामा छन् । उनले आइतबार रुम्जाटारमा आयोजित कार्यक्रममा कोसी प्रदेशको नाम संशोधन नहुने र संशोधन गर्नुपर्ने भए अर्को चुनावमा बहुमत ल्याएर अर्को नाम राख्न चुनौती दिएका थिए ।