
कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश वितरणको प्रस्ताव पारित गर्न बैंकले २४ असोजमा वार्षिक साधारणसभा आह्वान गरेको छ ।
बैंकको सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, संस्थापक र सर्वसाधारणबाट ६ जना सञ्चालक निर्वाचन गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पनि उक्त सभाले पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश प्रयोजनार्थ बैंकले ८ असोजमा बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।