मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
गणेश लम्साल विराटनगर
२o८२ असोज २ बिहीबार १o:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ध्वस्त बनेको कोशी प्रदेश सभाले जीर्ण मिडिया सेन्टरबाट थाल्यो काम

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार १o:४६:oo

जेनजी आन्दोलनको वहानामा अराजक समुहले आगजनी गरेर ध्वस्त बनाएको कोशी प्रदेश सभा सचिवालयले जीर्ण अवस्थामा रहेको मिडिया सेन्टरको कोठाबाट काम सुरु गरेको छ । २४ भदौमा जेनजी आन्दोलनको बहानामा अराजक समुहले तोडफोड र आगजनी गरेर कोशी प्रदेश सभाको सचिवालय र  संसद बैठक सहित चारवटा भवन, फर्निचर र कम्प्युटरहरु समेत ध्वस्त बनाइदिएकोले परिसरभित्र रहेको संसदीय पत्रकार मञ्चको कार्यालय रहेको मिडिया सेन्टरको कोठाबाट काम सुरु गरेको हो । 

आन्दोलनकारीहरुले गरेको आगजनी र तोडफोडबाट कोशी प्रदेश सभाको चारवटा भवन सहित २१ वटा सवारी साधन जलेर ध्वस्त भएका थिए । मिडिया सेन्टरमा समेत तोडफोड र आगजनी गरिएको थियो । तोडफोड र आगजनीपछि बाँकी रहेका फर्निचर, कम्प्युटर र अन्य सामग्रीहरु सबै चोरी गरेर लगेका थिए । 

अराजक समुहको आगजनीबाट चार वर्षअघि १५ करोडमा निर्माण भएको कोशी प्रदेश सभाको नयाँ संसद भवन जलेर पुर्ण क्षति भएको छ । कोशी प्रदेश सभाका निमित्त सचिव गौतमराज आमत्यले जेनजी आन्दोलनको बहानामा  भएको आगलागी, तोडफोड र चोरीबाट भएको क्षतिबारे विवरण संकलन भइनसकेकोले अझै क्षतिको यकिन हुन नसकेको बताए । 

कोशी प्रदेश सभामा दोस्रो कार्यकालको सातौ अविधेशन जारी थियो । १३ भदौमा जारी बर्षे अधिवेशनको ३९ औ बैठकमा  कोशी प्रदेश तथ्यांङक सम्बन्धि कार्यलाई व्यवस्थित गर्न बनेको विधेयक पारित गरेपछि अर्को सूचना नभएसम्मका लागि संसदको बैठक स्थिगित भएको थियो ।