१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मानुषी र सिर्जनशील लघुवित्तबीच मर्जर सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:o१:oo

मानुषी लघुवित्त र सिर्जनशील लघुवित्तबीच मर्जर हुने भएको छ । समझदारीपत्रमा मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्मासना शाक्य तथा सिर्जनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिराहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको सिर्जनशील लघुवित्त दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्रप्राप्त राष्ट्रियस्तरका संस्था हुन् । समान चुक्ता पुँजी रहेका दुवै संस्थाले सर्वसाधारणमा सेयर जारी गरिसकेका छन् भने नेपाल स्टक एक्सचेन्जमा कारोबारसमेत भइसकेको छ । मर्जरपछि संस्थाको नाम मानुषी सिर्जनशील लघुवित्त वित्तीय संस्था रहने गरी प्रस्ताव गरिएको छ । 

कार्यक्रममा मर्जर प्रक्रियाका लागि दुवै संस्थाबाट तीन–तीनजना प्रतिनिधि रहने गरी संयुक्त मर्जर समिति गठन गरिने जानकारी दिइएको थियो । साथै, मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेको बताइएको थियो ।

यस आवको दोस्रो त्रैमाससम्ममा सिर्जनशील लघुवित्तले देशभर ३३ वटा शाखामार्फत ४१ हजार नौ सय ४८ परिवारमा सेवा प्रदान गर्दै आएको छ भने मानुषी लघुवित्तले १४ जिल्लामा ३६ वटा शाखामार्फत ३४ हजार तीन सय ८७ सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । 

ad
ad