मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ चैत ४ शनिबार १३:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मलेसियामा अलपत्र नेपाली श्रमिकको सरकारद्वारा उद्धारको पहल सुरु

Read Time : < 1 मिनेट
२०७९ चैत ४ शनिबार १३:३९:००

मलेसियामा अलपत्र परेका ५६ नेपाली श्रमिकको उद्धारका लागि सरकारले पहल गरेको छ । मलेसियास्थित नेपाली दूतावास र सम्बन्धित म्यानपावर कम्पनीसँग सम्पर्क गरी उद्धारको पहल सुरु गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शनिबार नयाँ पत्रिका दैनिकले ‘एक लाख तलबको आश्वासनमा मलेसिया पठाएका ५६ नेपाली अढाई महिनादेखि अलपत्र’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । नेपाली श्रमिकहरूलाई मलेसिया पठाएको भण्डारी ओभरसिजका प्रोपाइटर मलेसिया पुगेकाले उनका साझेदार प्रतिनिधिसँग आइतबार वैदेशिक रोजगार विभागमा बैठक बस्ने तय भएको बताइएको छ ।

प्रधानमन्त्रीका स्वकीय सहसचिव गोकर्ण भट्टका अनुसार प्रारम्भिक कुराकानीमा ओभरसिजले अलपत्र नेपाली कामदार फर्काउन तयार रहेको जनाएको छ । ‘यस विषयका अन्य प्रक्रियाबारे आइतबारको बैठकमा थप छलफल गरी टुंगोमा पुगिनेछ । आशा गरौँ, तत्काल नै हामी श्रमिकहरूको समस्या समाधान गर्दै उनीहरूलाई न्यायको अनुभूति दिलाउन सफल हुनेछौँ,’ भट्टले फेसबुकमार्फत जानकारी दिएका छन् ।