Skip This
१५ वर्षमुनिका बालबालिकालाई मुटुको नि:शुल्क उपचार तर, समयमै अस्पताल पुर्‍याइँदैनन् बालबालिका
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ४ शनिबार
  • Monday, 17 June, 2024
मञ्जु टेलर काठमाडाैं
२o७९ चैत ४ शनिबार o६:o४:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

१५ वर्षमुनिका बालबालिकालाई मुटुको नि:शुल्क उपचार तर, समयमै अस्पताल पुर्‍याइँदैनन् बालबालिका

Read Time : > 4 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत ४ शनिबार o६:o४:oo

गत साता सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पेडियाट्रिक वार्डमा ५० दिनका एक शिशु भर्ना गरिए । परीक्षणबाट उनमा डेक्सट्रो–ट्रान्पोजिसन अफ द ग्रेट आर्टरिज (डि–टिजिए) अर्थात् मुटुको जन्मजात समस्या भएको पुष्टि भयो । मुटुमा जटिल समस्याका कारण शिशुको शरीर नीलो भइसकेको थियो  । अक्सिजनको स्याचुरेसनसमेत निकै कम थियो । चिकित्सकले तत्कालै भेन्टिलेटरमा राखेर उपचार सुरु गरे । जन्मजात देखिएको धमनीको शल्यक्रियापश्चात् शिशुको अवस्था सामान्य बन्यो । परिवारले करिब अन्तिम अवस्थामा मात्र अस्पताल पुर्‍याएको भए पनि त्यसपछिको उपचार समयमै पाउँदा ती शिशुको ज्यान बच्यो । 

यो एक प्रतिनिधि घटना मात्र हो । मुटुमा समस्या भएका अधिकांश बालबालिकालाई समयमै अस्पताल नपुर्‍याइँदा स्वास्थ्यमा जोखिम आउने गरेको चिकित्सकहरू बताउँछन् । ५० दिनका ती शिशुलाई पनि परिवारका सदस्यले निकै ढिलो अस्पताल पुर्‍याएका थिए । बाल मुटुरोगसम्बन्धी चिकित्सकका अनुसार लक्षणको अज्ञानता र आर्थिक बोझको डरले पनि बालबालिकाले समयमै उपचार पाउने गरेका छैनन् । 

सरकारले १५ वर्षमुनिका प्रत्येक बालबालिकालाई मुटुको नि:शुल्क उपचार गराउँदै आएको छ । यसबारे जानकारी नहुँदा आर्थिक अवस्था कमजोर रहेका धेरैले आफ्ना बालबालिकालाई उपचारका लागि अस्पताल लैजाने गरेका छैनन् । लगे पनि निकै ढिलो मात्र पुर्‍याउने गरेका छन् । 

ढिला अस्पताल ल्याउँदा बालबालिकाको स्वास्थ्य जोखिममा पर्छ : डा. मनीष श्रेष्ठ, बाल मुटुरोग विशेषज्ञ, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र
मुटुसम्बन्धी विभिन्न समस्या भएका अधिकांश बालबालिका गम्भीर अवस्थामा मात्रै अस्पताल ल्याउने गरेको देखिन्छ । जसका कारण उपचारपछि पनि जटिल समस्या आउने जोखिम अत्यधिक हुन्छ । स्वास्थ्यमा समस्या देखिएर गंगालाल ल्याइपुर्‍याइएका अधिकांश बालबालिका काठमाडौंबाहिरका छन् । उपकरण र दक्ष जनशक्ति अभावमा समयमै रोग पत्ता नलाग्ने तथा उपचार नपाउने कारण गम्भीर अवस्थामा मात्रै उनीहरू अस्पताल आइपुग्छन् ।

समयमै अस्पताल नपुर्‍याइँदा धेरै बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या आउने गरेको छ । कतिपयको ज्यानै जाने गरेको पाइएको छ । ५० दिने शिशुको उपचारमा संलग्न बाल मुटुरोग विशेषज्ञ डा. मनीष श्रेष्ठका अनुसार उनमा डि–टिजिएका कारण मुटुबाट रगत निकाल्ने मुख्य धमनीमा समस्या थियो । यस्ता शिशुको जन्मेको दुई साताभित्र शल्यक्रिया गरिसक्नुपर्छ । तर, ५० दिनपछि मात्र ती शिशु अस्पताल पुर्‍याइएका थिए ।

‘बच्चाको अवस्था निकै गम्भीर भएकाले तत्काल शल्यक्रिया गर्ने अवस्थासमेत थिएन । अक्सिजनको मात्रा बढाउन पुरिने अवस्थामा रहेको जन्मजात मुटुमा हुने एएसडीको उपचारपश्चात् मात्रै धमनीको शल्यक्रिया गर्नुपर्‍यो,’ डा. श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘जटिल शल्यक्रिया भएकाले बच्चालाई लामो समयसम्म बेहोस बनाएर राख्ने अवस्था थिएन । जसले गर्दा बच्चाको ज्यानसमेत जान सक्थ्यो ।’

ढिला अस्पताल आइपुग्दा उपचारमा समस्या हुने मात्र नभई ज्यानै जाने जोखिमसमेत हुन्छ । तर, ज्यान नै जाने अवस्थामा बिरामीहरू अस्पताल पुग्ने दर उच्च रहेको चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार मुटुसम्बन्धी समस्या भएका बालबालिकामध्ये झन्डै ७० प्रतिशत ढिलो अस्पताल आइपुग्ने गरेका छन् । 

‘स्वास्थ्यमा समस्या देखिएर गंगालाल ल्याइपुर्‍याइएका अधिकांश बालबालिका काठमाडौंबाहिरका छन् । उपकरण र दक्ष जनशक्ति अभावमा समयमै रोग पत्ता नलाग्ने तथा उपचार नपाउने कारण अधिकांश बालबालिका गम्भीर अवस्थामा मात्रै अस्पताल आइपुग्छन्, जसका कारण उपचारपछि पनि जटिल समस्या आउने जोखिम अत्यधिक हुने गरेको छ,’ डा. श्रेष्ठले भने । 

समयमा लक्षण नदेखिने, लक्षण देखिए पनि मुटुरोग पत्ता नलाग्ने र उपचारका लागि काठमाडौं नै आउनुपर्ने बाध्यताका कारण ढिला मात्र अस्पताल पुग्ने दर निकै उच्च रहेको तथ्यांकले देखाउँछ । पछिल्ला वर्षहरूमा तुलनात्मक रूपमा समयमा रिफरल बढेकाले उपचारमा पहुँच बढिरहे पनि अझै शतप्रतिशत बालबालिकाले मुटुको उपचार नपाइरहेको चिकित्सक बताउँछन् । 

गंगालालमा बर्सेनि पुग्छन् ६ देखि ८ हजार बालबालिका 
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मात्रै प्रत्येक वर्ष ६ देखि आठ हजार मुटुको समस्या भएका बालबालिका उपचारका लागि आउने गरेका छन् । अधिकांश देशका भिन्नभिन्न अस्पतालबाट रिफर भएका हुन् । ओपिडीमा आउने बिरामीसँगै अन्य अस्पतालबाट रिफरल र इमर्जेन्सीमा गरी सन् २०२२ मा सात हजार दुई सय ४८ बालबालिका उपचारका लागि आएको अस्पतालको तथ्यांक छ । इकोकार्डियोग्राफीका लागि अस्पताल पुगेका बालबालिकामध्ये एक दिनको नवजात शिशुसमेत छन् । यीमध्ये जटिल समस्या भएका अधिकांशमा एस्यानोटिक जन्मजात मुटुरोगको समस्या पाइएको तथ्यांकले देखाएको छ । उपचारका लागि अस्पताल पुगेका बालबालिकामध्ये ३९ प्रतिशतमा सामान्य मुटुको समस्या पाइएको थियो । 

यसबाहेक ३० प्रतिशतमा जन्मजात एसियानोटिक हृदय रोगको समस्या थियो । एसियानोटिक सामान्यतया रगतमा पर्याप्त अक्सिजन हुने, तर शरीरको वरिपरि असामान्य रूपमा पम्प हुने समस्या हो । चिकित्सकका अनुसार मुटुमा प्वालका कारण यस्तो समस्या हुन्छ । जसका कारण भन्ट्रिकुलर सेप्टल डिफेक्ट (भिडिएस), एट्रियल सेप्टल डिफेक्ट (एएसडि), पेटेन्ट डक्टस आर्टेरियोसस (पिडिए), पल्मोनरी भल्भ स्टेनोसिस, धमनी भल्भ स्टेनोसिस र मुख्य धमनीको कोआर्टेसन आदि समस्या हुन्छ । यस्तै, ११ प्रतिशतमा पोस्ट सर्जरी, ११ प्रतिशतमा पोस्ट इन्टरभेन्सन, ६ प्रतिशतमा सियानोटिक र ३ प्रतिशतमा आरएचडी उपचार आवश्यक थियो । 
गत वर्ष गम्भीर बिरामी परेर आठ सय ९० बालबालिकाले अस्पताल भर्ना भएर उपचार गरेका थिए । जसमध्ये ४० जनामा हृदयाघात, ५० मा बाथका कारण हुने हृदय रोग, तीन सय ५० मा क्यथेटर इन्टरभेन्सन अर्थात् स्ट्रोकसम्बन्धी समस्या, २० जनामा पेरिकार्डियोसेन्टिस र १० जनामा संक्रामक एन्डोकार्डाइटिस देखिएको थियो । यसबाहेक दुई सय ५० जनामा एसियानोटिक हृदय रोग अर्थात् जन्मजात मुटुमा प्वाल हुने समस्या, एक सय ५० जनामा कार्डियाक सिटी एन्जियोग्राम, १० जनामा एरिथमियास र बाँकी १० जनामा अन्य समस्या थियो । 

त्यसभन्दा अघिल्लो वर्ष सन् २०२१ मा नौ हजार एक सय ५२ बालबालिका मुटुको उपचारका लागि गंगालालको ओपिडीमा पुगेका थिए भने पाँच सय १६ जना अस्पताल भर्ना भएका थिए । तीमध्ये ५० जनामा हृदयाघात, ४० जनामा बाथसम्बन्धी मुटुरोग, १४ जनामा मिस्लेनियस, १४ जनामा संक्रामक एन्डोकार्डाइटिस र दुई सय २२ जनामा एसपी इन्टरभेन्सन देखिएको थियो । यसबाहेक ११ जनामा एरिथमियस, ६ जनामा पेरिकार्डियल इफ्युजन र एक वर्षमुनिका एक सय ५४ बालबालिकामा कार्डियाक सिटी एन्जियोग्रामसहित उपचार गरिएको थियो । 

सन् २०२० मा भने लामो समयसम्म लकडाउन रहेकाले उपचारका लागि अस्पताल पुग्ने बालबालिकाको संख्या निकै कम रहेको देखिएको छ । तथ्यांकअनुसार तीन हजार नौ सय १८ बच्चा अस्पताल पुगेका थिए भने तीन सय ५२ बच्चा अस्पताल भर्ना भएर उपचार गराएका थिए । 

गम्भीर जटिलतासहित अस्पताल पुगेकामध्ये २९ जनामा हृदयाघात, ५७ जनामा बाथसम्बन्धी मुटुरोग, १ सय १३ जनामा जन्मजात मुटुमा प्वाल पर्ने समस्या, १७ जनामा मिस्लेनियस, १४ जनामा संक्रामक एन्डोकार्डाइटिस र ८२ जनामा एसपी इन्टरभेन्सन भएको पाइएको थियो । यस्तै, सातजनामा एरिथमियस, १४ जनामा पेरिकार्डियल इफ्युजन र एक वर्षमुनिका १९ जनामा मिस्लेनियस पाइएको थियो । 

नि:शुल्क उपचारबारे छैन जानकारी
सरकारले १५ वर्षमुनिका बालबालिकामा मुटुरोग देखिए नि:शुल्क उपचारको व्यवस्था गरेको छ । यो उमेर समूहभित्रका बालबालिकामा देखिने मुटुका जस्तो पनि रोगको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने गरेको छ । तर, मुटुमा समस्या भएका बालबालिकालाई समयमै अस्पताल पुर्‍याउने गरिएको छैन । चिकित्सकका अनुसार समयमै अस्पताल पुग्ने बालबालिकाको संख्या न्यून छ । गम्भीर समस्या देखिएपछि मात्र अधिकांशले आफ्ना बालबालिकालाई उपचारका लागि अस्पताल पुर्‍याउने गरेका छन् । चिकित्सकका अनुसार सबै रोगको लक्षण सुरुवातमै देखिँदैनन् । रोगको जटिलताअनुसार दिन, केही साता वा केही वर्षपछि पनि रोगका लक्षण देखिन सक्छन् । यसकारण पनि जन्मिएको केही समयमै शल्यक्रिया गर्नुपर्ने शिशु बढी प्रभावित हुने गरेका छन् । खासगरी दुर्गम भेकका बिरामीमा यस्तो समस्या बढी देखिन्छ । गर्भवतीको परीक्षणसमेत पर्याप्त नहुने भएकाले समस्या थपिएको छ । 

ad
ad
ad
ad