मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ३ शुक्रबार १८:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विद्युत व्यापार गर्ने बेला भएको छैन, उपभोग क्षमता बढाउनुपर्छ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत ३ शुक्रबार १८:२२:००

एमाले अध्यक्ष केपी ओलीले नेपालले विद्युत व्यापार गर्ने बेला नभएको बताएका छन् । मुलुकभित्रै खपत गरेर, उत्पादनमूलक उद्योगको स्थापना गरेपछि मात्रै विद्युत् निर्यातको कुरा गर्न उपयुक्त हुने उनको धारणा छ ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा ओलीले यस्तो बताएका हुन् । उनले ६ रुपैँया प्रतियुनिटमा विक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा खरिद गर्न नहुने समेत स्पष्ट पारे ।

भारतले आफ्नो बार्गेनिङ क्षमता माथि पार्नका लागि विद्युत आवश्यक नभएको गलत प्रचार गर्ने गरेको ओलीको दाबी छ । उनले भने, ‘अहिले विद्युतको हाहाकार छ । तर हाम्रो विद्युत सस्तोमा किन्नका लागि के भन्दिन्छ– हामी कहाँ त विद्युत आवश्यक्ताभन्दा बढि भइसक्यो । त्यसो भएपछि हाम्रो बार्गेनिङ क्षमता कमजोर हुने भयो । तपाईहरुलाई नचाहेको भएपनि किनि दिनोस् भन्नु प¥यो । त्यस्तो पनि हुन्छ कुरा । नचाहिएर कसैले किन्छ ?’

नेपालले आफ्नो उपभोग क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले विद्युत व्यापार गर्ने बेला आइनसकेको प्रष्ट पारे । ‘ऊर्जा व्यापार, ऊर्जा विक्री धेरै चिन्ताको विषय होइन । अहिले हाम्रो उपभोग क्षमता वृद्धिको आवश्यक्ता छ । त्यो बढाउनु पर्छ,’ उनले भने ।