मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ३ शुक्रबार १०:५९:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सिनेमा निर्देशक प्रताव सुब्बाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत ३ शुक्रबार १०:५९:००

सिनेमा निर्देशक प्रताव सुब्बाको निधन भएको छ । सुब्बाको बिहीबार ७६ वर्षको उमेरमा भारतको सिलगुडीको प्यारामाउन्ट हस्पिटलमा निधन भएको हो । सुब्बा लामो समयदेखि बिरामी थिए । 

कलाकार सरोज खनालले नेपाली नाट्य र चलचित्रलाई दिएको सुब्बाको योगदान स्मरणीय रहने बताएका छन् । ‘केही महिनाअघिसम्म उहाँसँग हप्तामा तीन–चारपटक कुरा हुन्थ्यो, सधैँ म अब छिट्टै आउँछु अनि फेरि सँगै काम गर्नुपर्छ भन्नुहुन्थ्यो,’ खनालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली नाटक र चलचित्रलाई दिनुभएको योगदानले हजुरलाई सदा हामीबीच नै राखिरहनेछ ।’ सुब्बाको निधनले चलचित्र क्षेत्रमा अपूरणीय क्षति भएको निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणाले बताएकी छिन् । 

नेपाली मूलका भारतीय निर्देशक सुब्बाले ०३५ मा ‘परालको आगो’बाट निर्देशनमा हात हालेका थिए । उनले बाँच्न चाहनेहरू, मसाल, कहीँ अँध्यारो कहीँ उज्यालो, दिदी, चट्याङ, भीष्म प्रतिज्ञालगायतका फिल्म निर्देशन गरेका थिए । उनी फिल्म ‘चट्याङ’का पटकथा लेखक पनि हुन् । सुब्बाले डाइमन्ड इन्स्टिच्युट र सिने युनिभर्स खोलेर फिल्म निर्माणका विभिन्न विधामा प्रशिक्षण दिने गरेका थिए ।