१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ३ शुक्रबार १०:५६:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ३ शुक्रबार १०:५६:००

‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को छैटौँ संस्करण सुरु भएको छ । महोत्सव ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नारासहित सिभिल मलबाट सुरु भएको हो । 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित वरिष्ठ चलचित्रकर्मीहरूको उपस्थितिमा महोत्सवको शुभारम्भ गरिएको हो । महोत्सवको उद्घाटनमा कोरिन शर्माले निर्देशन गरको चलचित्र ‘चरी’ (अप्रतियोगी) देखाइएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपाली संस्कृति र सिनेमालाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । सिनेमाकोे ज्ञान र प्रविधि आदानप्रदानमा निफले भूमिका खेल्ने उनको भनाइ छ । 

महोत्सव अध्यक्ष केपी पाठकले महोत्सवमा ५० भन्दा बढी विदेशी फिल्मकर्मीको उपस्थिति रहेको बताए । ६ चैतसम्म सञ्चाल हुने महोत्सवमा ३५ देशका ९५ चलचित्र प्रदर्शन हुनेछन् । महोत्सवमा छनोट भएका चलचित्रहरू क्युएफएक्सको सिभिल मल र छाया सेन्टर, पुलचोकको लबिम मल र भक्तपुर राधेराधेमा रहेको भाटभटेनी हलमा प्रदर्शन हुनेछन् ।