१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

निसान गाडी किन्नेलाई एभरेस्ट बैंकले कर्जा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:३२:oo

निसानको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिले बिक्री गर्दै आएको गाडीमा एभरेस्ट बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियरबीच भएको सम्झौताअनुसार अब निसानका गाडी खरिद गर्ने ग्राहकले एभरेस्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

दुई संस्थाबीच भएको सम्झौतापत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड  हरिशकुमार आचार्य र पायोनियर मोटो कर्पको तर्फबाट सहमहाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि निसानले उत्पादन गरेका गाडीहरू खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकलाई सुलभ र सहज  वित्तीय सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

सम्झौताअनुसार एभरेस्ट बैंकका सबै शाखाहरूबाट ग्राहकलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलै उपलब्ध हुनेछ । इभीका लागि बेसरेट ३.५० प्रतिशत र नन–इभीका लागि बेसरेट ४ प्रतिशत हुनेछ भने सात वर्षको अवधिसहित सेवा शुल्क ०.५ प्रतिशत हुनेछ। 

यी दुई संस्थाबीचको सम्झौतापछि ग्राहकहरू अब २० प्रतिशतको डाउन पेमेन्टमा निसान इभीको मालिक हुन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ । यो योजना पायोनियर मोटोकोर्पको आधिकारिक ब्रिक्रेता र एभरेस्ट बैंकका सबै शाखाहरूबाट  नेपालभर लागू  हुनेछ ।

ad
ad