१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:५४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्ल्डलिंकले उच्च गतिको फाइबरनेट जुम्ला पुर्‍यायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५४:oo

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा प्रदान गर्न सुरु गरेको छ । बुधबार वर्ल्डलिंकले जुम्ला सदरमुकाम खलंगामा काठमाडौंकै गुणस्तरबराबरको एफटिटिएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो । 

यससँगै वर्ल्डलिंक जुम्लामा तारसहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने पहिलो कम्पनी बनेको जनाइएको छ । जुम्लालाई उच्च गतिको इन्टरनेटबाट जोड्न पाउँदा हर्षित भएको वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताए ।

काठमाडौंकै गतिको इन्टरनेट जुम्लामा सुरुवात भएको र यसले सिंगो कर्णाली प्रदेशलाई जोड्ने अध्यक्ष अग्रवालको भनाइ थियो । जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर देश जोड्ने अभियान भएकोमा अग्रवालले जोड दिए । ‘जुम्लामा वायरलेस इन्टरनेट थियो, हामीले फाइबरनेट इन्टरनेट ल्याएका छौँ । संसारकै उच्च गतिको इन्टरनेट जुम्ला र पूरै कर्णालीमा पुर्‍याइनेछ,’ अध्यक्ष अग्रवालले भने, ‘यसको लाभ कर्णालीबासीलाई हुनेछ । हामी नाफा कमाउनुभन्दा पनि कर्णालीलाई संसारसँग जोड्न चाहन्थ्यौँ, सफल भयौँ ।’

वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले झन्डै पाँच वर्षको मिहिनेतबाट वर्ल्डलिंकले यो सफलता पाएको बताए । उनका अनुसार कम्पनीले जुम्ला सदरमुकाममा उच्च गतिको फाइबर इन्टरनेट चलाउनका लागि १५ करोड रुपैयाँभन्दा धेरै लगानी गरेको छ ।

इन्टरनेट सेवा विस्तारमा सरकारभन्दा अघि आफूहरू जुम्ला आउन सकेको भन्दै प्रमुख कार्यकारी अधिकृत नेपालले अब कर्णाली प्रदेशलाई पनि वर्ल्डलिंककै फाइबर नेटले जोड्ने बताए । उनले भने, ‘अहिले एउटा सञ्जालबाट जोडिएको फाइबर नेट छिट्टै दोहोरो सञ्जालबाट जोडेर सेवा गुणस्तर थप विश्वसनीय बनाउनेछौँ ।’ 

वर्ल्डलिंकको लगानी हिस्सेदार बेलायती सिडिसी ग्रुपका अध्यक्ष श्री नागार्जुनाले नेपालका दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तारले आफूहरू हर्षित भएको बताए । सिंगो नेपाललाई गुणस्तरीय इन्टरनेटसँग जोड्न आफूहरू सधैँ वर्ल्डलिंकको साथमा रहेको उनको भनाइ थियो । 

नागार्जुनाले भने, ‘यस्तै कार्यका लागि हामी थप लगानी विस्तारमा सदैव तल्लीन छौँ । हाम्रो साथले वर्ल्डलिंकलाई थप बलियो बनाउन मद्दत गर्नेछ ।’ वर्ल्डलिंक जुम्ला शाखाका अनुसार गत असारमा पहिलोपटक त्यहाँ एफटिटिएच फाइबर इन्टरनेट सेवा परीक्षण गरिएको थियो । जुम्ला बजारमा मात्रै पाँच सय घरधुरीले यो इन्टरनेट सेवा लिइरहेको कम्पनीले जनाएको छ ।