Skip This
नेविसंघ असन्तुष्ट समूहको एकहप्ते अल्टिमेटम, अनशनदेखि आत्मदाहसम्मको चेतावनी   
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १७:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेविसंघ असन्तुष्ट समूहको एकहप्ते अल्टिमेटम, अनशनदेखि आत्मदाहसम्मको चेतावनी   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५३:oo

नेविसंघको असन्तुष्ट समूहले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले मनोमानी गरेको भन्दै विभिन्न मागसहित एकहप्ते अल्टिमेटम दिएको छ। राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी सो समूहले अनशनदेखि आत्मदाहसम्मको चेतावनी दिएको हो।

सो समूहले नेविसंघ अध्यक्षको समयावधि पूरा भएको र म्याद सकिएको अवस्थामा पनि अध्यक्ष शेर्पाले काठमाडौंलगायत विभिन्न जिल्लामा नेविसंघ अध्यक्षले चिठी आतंक मच्चाएको भन्दै सो समूहले अध्यक्षको समयावधि थप्न नहुने, जिल्लाहरूमा वितरण गरिएको पत्र खारेज गर्नुपर्ने भन्दै एकहप्ते अल्टिमेटम दिएको हो। 

माग पूरा नभए रिले अनशन, आमरण अनशनदेखि आत्मदाहसम्मको आन्दोलन गर्ने उनीहरूको चेतावनी छ। यो समूहले यसअघि नै नेविसंघ केन्द्रीय कार्यालय र काठमाडौं कांग्रेस कार्यालयमा तालाबन्दी गरिसकेका छन्। 

मागप्रति गम्भीर बन्न कांग्रेस नेतृत्वलाई समेत उनीहरूले ध्यानाकर्षण गराएका छन्। यसलाई बेवास्ता गरे परिणामको जिम्मेवार नेतृत्व नै हुने उनीहरूको चेतावनी छ। साथै, उनीहरूले स्ववियु निर्वाचनको टिकट वितरणमा पारदर्शिता नभएको आरोपसमेत लगाए। 

कार्यक्रममा नेविसंघ काठमाडौं जिल्ला सचिव उज्जवल बज्रचार्यले स्ववियु निर्वाचनको टिकट वितरणमा र जिल्लाको पत्र आतंकका विरुद्ध  देशभर विरोध गर्ने चेतावनी दिए। ‘केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जसरी पत्र वितरण गरेका छन्। हामी त्यसको देशभरबाट विरोध गछौँ,’ उनले भने।

नेविसंघका नेता जोनिस क्षेत्रीले केन्द्रीय अध्यक्ष शेर्पाले नेविसंघका इमानदार विद्यार्थी नेताहरूमाथि अन्याय गरेको बताए। नेविसंघको ब्याकग्राउन्ड नै थाहा नभएकालाई स्ववियु र जिल्लामा  निर्वाचनमा टिकट वितरण गरिएको उनको आरोप छ। शेर्पाको यस्तो कार्य निन्दनीय र आपत्तिजनक रहेको उनले बताए।

पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला समितिका कार्यबाहक अध्यक्ष जीवन श्रेष्ठ, नेविसंघका पूर्वकेन्द्रीय सदस्य प्रेम शाही नेविसंघ काठमाडौं जिल्ला समितिका उपाध्यक्ष बबिन गुरुङ, फोर्सका केन्द्रीय अध्यक्ष अमन भुसाललगायत अध्यक्ष शेर्पाले नेविसंघभित्रका इमानदार विद्यार्थी नेताहरूमाथि अन्याय गरेको आरोप लगाए।