Skip This
पाथीभरा क्षेत्रमा हेल्थ डेक्स स्थापना हुने, खाना र वासको मूल्य  निर्धारण 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १३:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाथीभरा क्षेत्रमा हेल्थ डेक्स स्थापना हुने, खाना र वासको मूल्य  निर्धारण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५९:oo

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा दर्शन गर्न जाने तीर्थयात्रीको चापलाई मध्यनगर गर्दै स्वास्थ्य डेस्क स्थापना गरिने भएको छ। जथाभावी मूल्य असुलेर होटेलहरूले दुःख दिएकाले खाना तथा आवासकोसमेत मूल्य निर्धारण गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार पाथीभरा पदमार्गमा रहेको दोबाटोको पानी ट्यांकी आसपासमा एउटा हेल्थ डेक्स स्थापना गरिनेछ। अर्को हेल्थ डेस्क ३ हजार ७ सय ९४ मिटर उचाइमा पाथीभरा मन्दिरमा रहनेछ।

निर्णयअनुसार अब काफ्ले पाटीमा सादा खानाको मूल्य जनही २ सय ५०, तेर्सेमा २ सय ७५ र माथिल्लो फेदीमा ३ सय रुपैयाँ निर्धारण गरिएको छ। कमन रुममा बस्न जनही ५ सय रुपैयाँ र कोठा लिए २ बेडको १ हजार र १ बेडको ५ सय रुपैयाँ निर्धारण गरिएको भट्टराईले जानकारी दिए।

अहिले पाथीभराको ठूलो फेदीमा स्वास्थ्यकर्मी र औषधिसहितको हेल्थ डेस्क छ। पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जिल्ला अस्पताल र नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्म, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नं १ गुल्मसहितको सहयोगमा तीर्थालुको चाप बढी हुने समय अवधिभर थप हेल्थ डेस्क सञ्चालनमा ल्याउने तयारी सुनाए।

तीर्थालुलाई मन्दिर क्षेत्र र त्यहाँको आवास प्रबन्धसहितको जानकारी दिन सदरमुकाम फुङलिङमा सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी रहेकोसमेत थेबेले बताए । यसका लागि पाथीभरा क्षेत्र विकास समिति र पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिले नेतृत्व गरी अन्य सरोवारवाला निकायसँग छलफल गरी अन्तिम निष्कर्ष निकाल्ने बताइएको छ। पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका सचिव लक्ष्मीप्रसाद काफ्लेले तीर्थालुलाई समस्याबेगर मन्दिरको दर्शन गरी फर्कन सक्ने वातावरणका लागि संयुक्त सहकार्यमा योजना अघि सार्ने निष्कर्ष निकालिएको जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको अगुवाइमा शुक्रबार भएको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। पाथीभरा क्षेत्रको दर्शनका लागि आउने–जाने तीर्थालुको यातायात सुविधालाई व्यवस्थित गर्ने र सवारी आवागनमा समस्या सिर्जना हुन नदिने गरी यातायात व्यवसायीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। ट्राफिक व्यवस्थापनमा समस्या नआउने गरी यात्रुको सहजताका लागि तयारी थालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए।