
सभामुख देवराज घिमिरे बहराइन प्रस्थान गरेका छन् । अन्तरव्यवस्थापिका संघको १४६औँ महासभामा सहभागी हुन नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे बहराइन प्रस्थान गरेका हुन् ।
११ देखि १५ मार्चसम्म मानामामा हुने महासभामा सभामुख घिमिरेसँगै प्रतिनिधिसभाका सदस्यहरू रमेश लेखक, हितराज पाण्डे र सन्तोष परियार पनि सहभागी हुँदैछन् ।
यसैगरी, राष्ट्रिय सभामा सदस्य ईन्दु कडरिया, संघीय संसद्का महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीयसचिव तेजप्रकाश भट्टराई र संघीय संसद् सचिवालयका शाखा अधिकृत राजन घिमिरे पनि बहराइन प्रस्थान गरेका छन् ।
महासभामा सभामुख घिमिरले ‘असहिष्णताविरुद्धको संघर्षमा शान्तिपूर्ण सहअस्तित्व र समावेशी समाजको प्रोत्साहन’ विषयको महाबहसमा संघीय संसद्को तर्फबाट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम छ ।