१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रारसहित सबैलाई सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२o:oo

विशेष अदालतले विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तुलबहादुर श्रेष्ठसहित चारैजनालाई सफाइ दिएको छ। बिहीबार विशेषका सदस्यद्वय रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले यस्तो आदेश गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ पुस २०७६ मा रजिस्ट्रार श्रेष्ठका साथै आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर क्लर्कहरू चन्द्रकुमार मगर र रमेशकुमार खतिवडामाथि रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो। उनीहरूको मिलेमतोमा प्रतिष्ठानबाट जीवन पौडेलका नाममा साढे ५ लाख रुपैयाँको भुक्तानी चेकमार्फत भएको दाबी अख्तियारको थियो। 

उक्त भुक्तानीको बिल भरपाई नरहेको र उक्त रकम हिनामिना भएको निष्कर्षसहित मुद्दा दायर भएकोमा भ्रष्टाचार नभएको भन्दै चारै प्रतिवादीले सफाइ पाएका हुन्।