१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सामुदायिक रेडियो अब विस्थापित हुँदैन : सञ्चारमन्त्री शर्मा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१७:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सामुदायिक रेडियोलाई अब अन्य सञ्चारमाध्यमले विस्थापित गर्न नसक्ने बताएकी छिन्।

ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित धादिङको पहिलो रेडियो ‘रेडियो धादिङ १०६ मेगाहर्ज’ले आयोजना गरेको ‘सामुदायिक प्रसारणका लागि सामुदायिक अभियान परामर्श सम्मेलन’लाई सम्बोधन गर्दै उनले नेपालमा सामुदायिक रेडियो स्थापित भइसकेकाे बताएकी हुन्।

‘नेपालका ठूला जनआन्दोलन, राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरणमा रेडियोले खेलेको भूमिका अतुलनीय छ। सामुदायिक रेडियोकै कारण राजनीतिक परिवर्तन सम्भव भएको हो,’ उनले भनिन्, ‘रेडियोलाई अझै परिस्कृत बनाउन र प्रविधिसँग जोड्न आवश्यक छ। त्यसको लागि सरकारले योजना बनाएर अघि बढ्छ।’

मन्त्री शर्माले अन्य प्रविधिले रेडियोलाई चुनौती थपे पनि यसप्रति आममानिसको विश्वास स्थापित भएकाले नयाँ प्रविधिलाई आत्मसात गर्दै जानुपर्ने उल्लेख गरिन्। ‘आमनागरिकमा सामुदायिक रेडियोको विश्वास छ। अनलाइन तथा अन्य प्रविधिले रेडियोलाई चुनौती थपेको छ। तर, रेडियोले प्रविधिको विकास र परिवर्तनलाई पछ्याउँदै जाने हो भने अन्य सञ्चारमाध्यमले विस्थापित गर्न सक्दैन।’

महिला तथा पिछडिएका समुदायको अधिकार संविधानमा सीमित बनेको उल्लेख गर्दै उनले यसमा सामुदायिक रेडियोले अझै बढी भूमिका खेल्नुपर्नेमा जोड दिइन्।

सो अवसरमा सांसदहरूले सामाजिक रूपान्तरणमा रेडियो धादिङले खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका थिए। २०६४ सालमा रेडियो खोलेर सूचनाको हक स्थापित गर्न ठूलै चुनौती परेको सांसद राजेन्द्रप्रसाद पाण्डेले बताए।

नेपालभरका सामुदायिक रेडियोको उपस्थितिले सामुदायिक रेडियोको आगामी खाका कोर्ने ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा सामुदायिक प्रसारक संघ (अकोराव)का पूर्वअध्यक्ष एवं कार्यक्रमका अध्यक्ष सुवास खतिवडाले बताए। नेपालको इतिहास कोर्न सामुदायिक रेडियोले खेलेको भूमिका स्मरण गर्दै उनले परामर्श सम्मेलनले सामुदायिक रेडियोहरूको विकास तथा उन्नतिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

मंगलबारदेखि सुरु भएको परामर्श सम्मेलन बुधबारसम्म चल्ने रेडियो धादिङका स्टेसन मेनेजर राजाराम शर्माले बताए। सम्मेलनमा सामुदायिक रेडियोको २५ वर्षीय यात्रा, समस्या तथा चुनौती, आदिवासी भाषा संरक्षणमा सामुदायिक रेडियोको भूमिका, सामुदायिक रेडियोको दिपोपनालगायतका विषयमा छलफल गरिनेछ।