१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २२ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २२ सोमबार १२:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ज्ञानेन्द्र मल्ल लगातार फ्लप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २२ सोमबार १२:३५:oo

आइसिसी पुरुष विश्वकप लिग– २ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईसँगको खेलमा आज पनि नेपाली ब्याटर कमजोर देखिएका छन्। 

सुरुवातमै नेपालले दुई विकेट गुमाएको छ। नौ ओभरभित्र नेपालले आफ्नो दुवै ओपनर गुमाइसकेको छ। कुशल भुर्तेलको अनुपस्थितिमा ओपनिङमा आएका ज्ञानेन्द्र मल्ल पनि आउट भएका छन्। 

२६ बल सामना गरेका ज्ञानेन्द्रले ११ रन बनाए । उनले दुई चौका प्रहार गरे। 

त्यसअघि पाँचौँ ओभरको दोस्रो बलमा नेपालले आसिफ शेखलाई गुमाएको थियो। १४ बलको सामना गरेका आसिफले ६ रन बनाए। 

अहिले क्रिजमा कुशल मल्ल र कप्तान रोहितकुमार पौडेल छन्। नेपालले टस जितेर ब्याटिङ रोजेको हो। 

खेल दुबईस्थित अन्तर्राष्ट्रिय रंगशालामा चलिरहेको छ।