
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले राष्ट्रपति निर्वाचनमा पुस १० को सहमतिलाई मध्यनजर गरेर मत दिने बताएका छन् । एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीसँगको भेटपछि उनले पत्रकारहरूलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।
भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरूले पार्टीको आन्तरिक छलफलपछि निर्णय लिने जानकारी गराएको महामन्त्री ढकालले बताए ।
‘पार्टीले निर्णय गर्न बाँकी छ भनेका छौँ । उहाँ एउटा उपयुक्त पात्र हो, यसमा कुनै शंका छैन । निर्णय आज नै गर्न सकिँदैन । केन्द्रीय समिति र संसदीय दलको बैठक राख्छौँ र त्यहाँ निर्णय हुन्छ,’ उनले भने, ‘पुस १० को सहमतिको हामी साक्षात छौँ, त्यसलाई पनि हामीले मध्यनजर गरेका छौँ ।’