१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदीपको दाबी- रामचन्द्र पौडेलको जित निश्चित छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o६:oo

कांग्रेसका सांसद प्रदीप पौडेलले आठदलीय गठबन्धनमा कांग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन्। 

बिहीबार काठमाडौंमा भएको आठदलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

उनले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा मत माग्नका लागि यो कार्यक्रम गरिएको पनि उल्लेख गरे। 

अभिमुखीकरण कार्यक्रममा आठ दलका शीर्ष नेताले आफ्ना सांसदलाई उम्मेदवार पौडेलका लागि मत मागिरहेका छन्। 

सांसद पौडेलले राष्ट्रपति पद देशको अभिभावकको रूपमा र संविधानको संरक्षकको रूपमा राष्ट्रपति रहनुपर्ने भन्दै राष्ट्रपतिले हस्तक्षेपकारी भूमिका खेल्नु नहुने बताए।