१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

रियलमीको अहिलेसम्मकै स्लिम मोडल रियलमी १० नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:१७:oo

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो १० नम्बर सिरिजको दोस्राे मोडल रियलमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । मेडियाटेक हेलियो जी९९ प्रोसेसर र ९० हर्जको एमोलेड डिस्प्लेको कम्बो रहेको यो फोनलाई कम्पनीले पावर किङको रूपमा प्रस्तुत गरेको छ ।

नेपाली बजारमा आठ जिबी र्‍याम र एक सय २८ जिबी रोमको स्टोरेज अप्सनमा उपलब्ध रहेको यो फोनकाे मूल्य २९,९९९ रुपैयाँ रहेको छ । यो मूल्यमा पाइने फोनहरूमध्ये रियलमी १० मात्र एउटा यस्तो मोडल भएको कम्पनीको दाबी छ जसमा ९० हर्जको एमोलेड डिस्प्ले र मेडियाटेक जी९९ चिपसेट प्रयोग गरिएको छ । यसको मतलब फोन चलाउँदा भिजुअल एक्स्पिरियन्स अझ राम्रो हुने र औँलाको दाग त्यति धेरै नबस्ने कम्पनीले जनाएको छ ।

कर्निङ गोरिल्ला ग्लास ५ डिस्प्ले भएको रियलमी १० मा १००० निट्सको ब्राइट्नेस छ । यसअघिको मोडल रियलमी ९ मा भन्दा रियलमी १० मा रहेको प्रोसेसर (एसओसी) को पावर पर्फर्मेन्स ४० प्रतिशतले बढी छ, जसले गर्दा फोन चलाउँदा ल्यागिङ कम र सिस्टम पर्फर्मेन्स स्मुथ हुन्छ ।

यसमा रहेको सिक्सएनएम टेक्नोलोजीले गर्दा सिपियू पर्फर्मेन्स २५ प्रतिशत, जिपियू पर्फर्मेन्स ७८ प्रतिशतले बढाउनुको साथै समग्र पावर खपत २० प्रतिशतले घटाउँछ  । बजेट फोनमा उत्कृष्ट गेमिङ एक्स्पिरियन्स लिन चाहने उपभोक्ताका लागि यो फोन अत्यन्तै उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

ad
ad