१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १२:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

भिभोको भी२५ई र वाई१५सी स्मार्टफोनको मूल्य घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:२९:oo

ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभोले आफ्नो भी र वाई सिरिजको नवीनतम स्मार्टफोन भी२५ई र वाई१५सी मोडलको मूल्य घटाएको छ ।

भी२५ई (८+१२८ जिबी) को पुरानो मूल्य रु. ४२,९९९ थियो । रु. ३००० घटेर अब यो स्मार्टफोन रु ३९,९९९ मा उपलब्ध हुनेछ । त्यस्तै, रु १७,९९९ मूल्य रहेको भिभो वाई१५सी को मूल्य पनि रु. ३००० ले घटेको छ । मार्च १ देखि मार्च ३१ सम्म यो फोन रु १४,९९९ मूल्यमा उपलब्ध हुनेछ । यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र ई–कमर्स साइटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

भिभो भी२५ई मा ६४एमपी ओआइएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ, जसमा उच्च–संवेदनशील सेन्सर र ओआइएस छ जसले हाइब्रिड इमेज स्टेबलाइजेसन प्रदान गर्दछ । स्मार्टफोनमा बोकेह फ्लेयर पोट्रेट विशेषता पनि छ जसले डुअल क्यामेरा सेटअप प्रयोग गरेर रात्रिकालीन फोटोग्राफीलाई सुधार गर्दछ । फोनमा ४४ वाटको फ्ल्यासचार्ज र बलियो ४५०० एमएएच ब्याट्री रहेको छ जसले अत्यन्तै छिटो चार्ज गर्न अनुमति दिन्छ ।

भी२५ई मा मिडिया टेक हेलियो जी९९ सिपियू छ जसले फोनमा भएका सुविधालाई सजिलैसँग सञ्चालन गर्दछ । यसमा आठ जिबी र्‍याम छ जसलाई ३.० र्‍यामको सहायताले आठ जिबीसम्म विस्तार गर्न सकिन्छ । भी२५ई को कलर चेन्जिङ ग्लास प्यानलले सबैभन्दा बढी ध्यान तानेको छ । सूर्यको प्रकाशमा पर्दा, यसले बिस्तारै पछाडिको प्यानलको रङ परिवर्तन गर्छ ।

वाई१५सीमा आई प्रोटेक्सनसहितको ६.५१ इन्चको फुलभ्यु डिस्प्ले, विशाल ५००० एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरा छन् ।

ad
ad