Skip This
हेटौँडामा बागमतीस्तरीय सूचना प्रविधि मेला हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार १९:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

हेटौँडामा बागमतीस्तरीय सूचना प्रविधि मेला हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १९:४३:oo

बागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेशस्तरीय क्यान इन्फो-टेक (सूचना प्रविधि) मेला हुने भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ, मकवानपुरको आयोजनामा २ देखि ६ चैतसम्म मेला हुने भएको हो।

मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै आयोजकले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित रोयल पार्टी प्यालेसमा मेला आयोजना गर्ने जानकारी दिएको छ। 

मेलाका संयोजक एवं क्यानका बागमती प्रदेश अध्यक्ष पुष्पराज पुडासैनीले प्रविधिको बढ्दो प्रयोगलाई ध्यानमा दिँदै नयाँ प्रविधिको विकास र यसको उपयोगबारे जानकारी दिने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताए। 

उनले मेलामा कम्प्युटर तथा यसका हार्डवेयर, प्रिन्टर, विविध सफ्टवेयर, सर्भिसिङ क्याम्प, एप्लिकेसन डिजाइन, बिमालगायतका प्रदर्शनी र बिक्रीकक्ष गरी ४० वटा स्टल रहने जानकारी दिए।

यस्तै, मेलामा कृषिमा प्रविधिको प्रयोग, नेटवर्किङ र सिसिटिभीसम्बन्धी तालिम, शिक्षक, विद्यार्थी तथा युवालक्षित साइबर सुरक्षाजस्ता तीनवटा आइसिटी सेमिनारसमेत सञ्चालन गरिने संयोजक पुडासैनीको भनाइ छ।

मेलाको आकर्षणको रूपमा राष्ट्रिय रोबोट प्रदर्शनी र राष्ट्रिय पब्जी प्रतिस्पर्धासमेत आयोजना गरिने उनले जानकारी दिए 

दुई विधामा हुने रोबोट प्रतिस्पर्धा र पब्जी प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरिने संयोजक पुडासैनीले बताए।

ad
ad