मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ फाल्गुण १७ बुधबार
  • Thursday, 18 September, 2025
२o७९ फाल्गुण १७ बुधबार १७:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शम्भुनाथ नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १७ बुधबार १७:४८:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएपछि मेयर गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएकाे छ।

अख्तियारको टोलीले इन्जिनियर साहलाई सेवाग्राहीबाट घुस लिएको अवस्थामा गत माघ ३ मा नियन्त्रणमा लिएको थियो।