१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:o४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुई अर्ब लगानीमा टायल उद्योग खुल्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:o४:oo

मुरारका ग्रुपले भारतको सोमानी सेरामिक्ससँगको साझेदारीमा देशमै टायल उद्योग सञ्चालनमा ल्याउने भएको छ । दुई अर्ब रुपैयाँ लगानी हुने सेरामिक्स उद्योगबाट सन् २०२३ भित्रै टायल उत्पादन गरेर बजारमा ल्याउने तयारी गरेको हो । 

रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा १३ बिघा क्षेत्रफलमा उद्योग निर्माण सुरु भइसकेको मुरारका समूहका प्रबन्ध निर्देशक पशुपति मुरारकाले बताए । उद्योगमा कसको कति लगानी रहने भन्ने विषय अझै टुंगिन बाँकी रहेको उनको भनाइ छ । ‘अहिलेको संकटमा उद्योगमा लगानी गरेर स्वदेशी तथा विदेशी लगानीकर्तामाझ सकारात्मक वातावरण बनाउन खोजेका हौँ,’ उनले भने, ‘हामीले भारतको प्रसिद्ध ब्रान्ड सोमानी सेरामिक्सलाई भित्र्याउँदै छौँ ।’

उद्योगबाट वार्षिक ३० लाख स्क्वायर मिटर टायल उत्पादन हुने मुरारकाले जानकारी गराए । दोस्रो चरणमा अर्को प्लान्ट पनि स्थापना गरेर थप ३० लाख स्क्वायर मिटर टायल उत्पादन गर्ने योजना छ । ‘अहिले नेपालमा वार्षिक सेरामिक्स टायलको माग एक करोड ८० लाख स्क्वायर मिटर रहेको छ,’ उनले भने, ‘हामीले वार्षिक ६ लाख स्क्वायर मिटर टायल उत्पादन गरी ३३ प्रतिशत बजार समेट्ने लक्ष्य छ ।’ 

अहिले भारतसहित विभिन्न देशबाट ९० देखि ९५ प्रतिशतसम्म टायल आयात गरिँदै आएको छ । बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा एउटा नेपोभिट टायल उद्योग सञ्चालनमा छ । हामीले उद्योग सञ्चालनमा ल्याएपछि टायलको आयात घटाउँदै लैजाने मुरारकाले बताए । नेपालमा टायल उद्योग विस्तार गर्न पाउँदा उत्साहित भएको सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवं सिइओ अभिषेक सोमानीले बताए । 

नेपाली कच्चा पदार्थ प्रयोग गरिने
सेरामिक्स टायलमा प्रयोग गरिने प्रमुख कच्चा पदार्थ माटो हो । टायल उत्पादनमा स्वदेशी कच्चा पदार्थ प्रयोगलाई प्राथमिकता दिने उद्योगले जनाएको छ । ‘हामी सुरुवातमै ३५–४० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गर्छौँ, त्यति कच्चा पदार्थ स्वदेशमै भेटिएको छ,’ उनले भने, ‘भविष्यमा शतप्रतिशत कच्चा पदार्थ नै स्वदेशी प्रयोग गर्ने हो ।’