१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २१ शुक्रबार १४:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ठाकुरराम क्याम्पसमा खानेपानी धारा निर्माणमा सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:३२:oo

पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यस्वन्त यादवले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसलाई खानेपानीको धारा निर्माणमा सहयोग गरेका छन् ।

गाउँपालिका अध्यक्ष यादवले क्याम्पसमै पुगेर क्याम्पस प्रमुख डा. उमेश कुशवाहालाई धारा निर्माणाका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् । विगत लामो समयदेखि क्याम्पसको छात्रावासमा खानेपानी धाराको अभाव रहेको थियो ।

यादवले क्याम्पसमा आर्थिक वर्ष ०७९/८० को बजेटबाट क्रिकेट मैदान निर्माण गर्न पाँच लाख रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

ad
ad