१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उत्तरपानीमा शैक्षिक कार्यक्रम थप गर्न विज्ञको सुझाव  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३९:oo

धनकुटाको उत्तरपानीस्थित बहुप्राविधिक शिक्षालयमा शैक्षिक कार्यक्रम थप गर्न विज्ञहरूले सुझाव दिएका छन्। 

धनकुटा नगरपालिका– १० उत्तरपानीमा ०४० सालदेखि सञ्चालन भइरहेको बहुप्राविधिक विश्वविद्यालयलाई कृषिमा मात्र सीमित नराखी शैक्षिक कार्यक्रम थप गरेर साँच्चैको बहुप्राविक विश्वविद्यालय बनाउन विज्ञहरूले सुझाव दिएका हुन्। 

हाल उत्तरपानीमा कृषि र पशुपालनसम्बन्धी प्रि–डिप्लोमासम्बन्धी कार्यक्रम मात्र सञ्चालन भइरहेको छ। तर, स्तरवृद्धि गरेर शैक्षिक कार्यक्रम थप गरेमा उत्तरपानी साँच्चैको बहुप्राविधिक शिक्षालय हुने विज्ञहरूको सुझाव छ। 

मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. शुभाषश्री पोखरेलले सिभिल इन्जिनियरिङ र आँखासम्बन्धी स्नातक तहको कार्यक्रम थप गरेमा उत्तरपानी कृषिको मात्र नभएर साँच्चैको समय र भूगोल सुहाउँदो बहुप्राविधिक शिक्षालय हुने बताए।

शिक्षालयको अनुगमनपछि उपकुलपति पोखरेललले भने, ‘अब कृषिको सीमित कार्यक्रमले मात्र पुग्दैन, सिभिल र अन्य कार्यक्रम थप गर्न चाहने भए उत्तरपानी शिक्षालयलाई हामी सहयोग गर्न तयार छौँ।’  

उपकुलपति पोखरेलले देशमा गफ गर्ने हाेइन, गरिखाने जनशक्तिको खाँचो रहेकोले देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना भएको बताए। उनले गरिखाने जनशक्ति उत्पादन गर्नका लागि कृषि क्षेत्रमा पनि उत्तरपानी शिक्षालयलाई मनमोहन आंगिक क्याम्पस बनाउन सहयोग गर्ने सुनाए। 

उत्तरपानीमा २०४० सालमा स्थापना भएको बहुप्राविधिक शिक्षालयले हालसम्म कृषिसम्बन्धी विद्यालयस्तरको जनशक्ति मात्रै उत्पादन गर्दै आइरहेको छ। 

सिटिइभिटी दिवसमा हर्षबढाइँ 

उत्तरपानी बहुप्राविधिक शिक्षालयले सिटिइभिटी दिवसको अवसरमा हर्षबढाइँ कार्यक्रम सम्पन्न गरेको छ। धनकुटा नपा– १० हिलेको उत्तरपानीमा रहेको शिक्षालयमा सिटिइभिटी दिवसको अवसरमा हर्षउल्लास कार्यक्रम आयोजना गरिएको थियो। 

हर्षोल्लास कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालय प्रदेश १ का उपकुलपति डा. पोखरेल, धनकुटाकी सिडिओ लीलाकुमारी केसी, सिटिइभिटी प्रदेश १ का निर्देशक नवराज कोइराला, उत्तरपानी शिक्षालयका प्रमुख शंकरदेव कोइरालालगायत स्थानीय जनप्रतिनिधि र अभिभावकको सहभागिता थियो। 

कार्यक्रममा विद्यार्थीले विभिन्न लोकनृत्य र गीत प्रस्तुत गरेका थिए । साथै विभिन्न खेलमा विजयी खेलाडी, इमानदार शिक्षक र कर्मचारीलाई प्रमाणपत्रसहित सम्मान पनि गरिएको थियो।