मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण १३ शनिबार
  • Friday, 28 August, 2026
२o७९ फाल्गुण १३ शनिबार १८:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरगढीमा आगलागीबाट पाँच लाखबराबरको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १३ शनिबार १८:१७:oo

उदयपुरको उदयपुरगढी गाउँपालिका– ७ नागबेलीमा आगलागीबाट पाँच लाख रुपैयाँबराबरको क्षति भएको छ। सोही स्थानका टिकबहादुर मगरको घरमा आगलागी हुँदा सो क्षति भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारका अनुसार मगरको काठको बेरा र फुसको छानो भएको २ तले घर जलेको हो। उनले भने, ‘घरमा के कारणले आगलागी भयो, खुलेको छैन। घरमा रहेको अन्नपात, भाँडाबर्तन, लत्ताकपडासहित घर पूर्ण रूपमा जल्दा पाँच लाखबराबरको क्षति भएको छ।’ 

उक्त आगो स्थानीयवासीहरूको सहयोगमा नियन्त्रणमा लिइएको छ।