मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण १३ शनिबार
  • Friday, 14 August, 2026
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १३ शनिबार १३:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफैंले बनाएको संविधानको संरक्षक हुने अवसर प्राप्त भयाे : सुवास नेम्वाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १३ शनिबार १३:२७:oo

राष्ट्रपतिमा उम्मेदवारी दिएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफैंले बनाएको संविधानको संरक्षक हुने अवसर पाएको बताएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । विगतमा ३१ राजनीतिक दलले सर्वसम्मत संविधान सभाको अध्यक्ष बनाएको स्मरण गर्दै नेम्वाङले पुनः दलहरुले राष्ट्रपति चयन गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हिजो संविधान सभामा रहँदा ३१ वटा राजनीतिक दलहरुको निर्विकल्प, सर्वसम्मत संविधान सभाको अध्यक्ष भएर मैले जून संविधान जारी गर्न भूमिका निर्वाह गरें, त्यही संविधानको संरक्षक हुने एउटा अवसर प्राप्त गरेको छु । त्यसलाई म इमान्दारितापूर्वक पूरा गर्नेछु ।’