१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सडन डेथमा एपिएफको भाग्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१o:oo

एपिएफ फुटबल क्लब भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेशमा गरेको छ । प्रतियोगिताको शुक्रबार भएको क्वार्टरफाइनलमा एपिएफले सडन डेथमा बंगलादेशको काउवार्न बजार प्रगति संघलाई ९–८ ले पराजित गर्दै अन्तिम चारको स्थान पक्का गरेको हो । सडन डेथमा एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ चम्किँदा बंगलादेशी टोली पहिलो खेलबाट घर फर्किएको हो । 

बंगलादेशी टोलीका औङको प्रहारलाई गोलरक्षक रक्षक श्रेष्ठले उत्कृष्ट बचाउ गर्दै एपिएफलाई रोमाञ्चक जित दिलाए । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि सेमिफाइनल प्रवेश गर्ने टोलीको छिनोफानो टाइब्रेकरबाट भयो । टाइब्रेकरमा पनि दुवै टोलीका पाँच खेलाडीले पाँचै गोल गरेका थिए । त्यसपछि खेल सडन डेथमा धकेलियो । एपिएफले आइतबार फाइनल प्रवेशका लागि मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ । 

खेलको २१औँ मिनेटमै काउवार्न बजारका साएरले पाहुना टोलीलाई १–० को अग्रता दिलाए । डिबक्सबाहिरबाट डिनको क्रसमा साएरले दोस्रो बारको कुना च्याप्दै गोल गरे । बंगलादेशी टोलीले अग्रता कायम राख्न सकेन । थकित देखिएका बंगलादेशका खेलाडीले त्यसपछि खासै राम्रो मुभ बनाएनन् । 

खेलको ७०औँ मिनेटमा एपिएफले १–१ को बराबरी गोल फर्कायो । एपिएफका युवराज खड्काले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए । सनिस श्रेष्ठले एकल प्रयासमा डिबक्सभित्रबाट बल प्रहार गरेका थिए । उनको प्रहारलाई बंलादेशका गोलरक्षक कोबिजले बचाएका थिए । तर, उनीबाट बल रिबाउन्ड भयो । त्यही रिबाउन्ड बलमा खड्काले गोलरक्षक सनिसलाई बिट गर्दै गोल गरेका हुन् । युवराज पहिलो रोजाइका विशाल स्याङ्ताङलाई विस्थापन्न गर्दै मैदानभित्र प्रवेश गरेका थिए । मैदानभित्र छिरेको चौथो मिनेटमै उनले गोल गर्न सफल भए । 

ad
ad