१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १२ शुक्रबार
  • Friday, 09 May, 2025
२o७९ फाल्गुण १२ शुक्रबार १४:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धनकुटामा धारिलो हतियार प्रहार गरी वृद्धको बीभत्स हत्या 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १२ शुक्रबार १४:५६:oo

धनकुटाको महालक्ष्मी नगरपालिका– ५ ज्यामिरेका मानबहादुर बस्नेतको बीभत्स हत्या भएको छ। 

धारिलो हतियार प्रहार गरी स्थानीय ७० वर्षीय बस्नेतको आज बिहान घरैमा हत्या भएको हो। हत्या गरिएका वृद्धको टाउको र शरीर छुट्टछुट्टै स्थानमा फेला परेको छ। 

वृद्धको शरीर घरमा नै फेला परेको छ भने टाउको घटनास्थलबाट करिब एक किलोमिटर टाढा फेला परेको प्रहरीले बताएको छ। हत्याको घटना जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट डिएसपी नरेन्द्र कुँवरको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ।    

घटनास्थलबाट लासको मुचुल्का तयार पारी पोस्टमार्टमका लागि लास जिल्ला अस्पताल धनकुटा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत इन्स्पेक्टर मानप्रसाद श्रेष्ठले बताए। 

उक्त घटनाको आशंकामा स्थानीय २२ वर्षीय निरोज कटुवाललाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको अनुसन्धान अधिकृत श्रेष्ठले बताए।