१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भुटानी टोलीलाई हराउँदै आर्मी सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१६:oo

त्रिभुवन आर्मी फुटबल क्लब भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको बिहीबारको खेलमा भुटानको डुक ल्हायुल एफसीलाई २–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो । आर्मीले फाइनल प्रवेशका लागि शनिबार संकटा क्लबको सामना गर्नेछ । आर्मीको जितमा जितेन्द्र कार्की र सुशान्त चौधरीले एक–एक गोल गरेका थिए । खेलको तेस्रो मिनेटमै आर्मीले १–० को अग्रता लियो । 

आर्मीका जितेन्द्र चौधरीले फ्रिकिकबाट सीधै गोल गरेका हुन् । भुटानका ट्राओरेले आर्मीका विप्लवध्वज शाहलाई डिबक्सअगाडि फल गरेका थिए । प्राप्त फ्रिकिकमा जितेन्द्रले सीधै पोस्टभन्दा २८ यार्ड टाढबाट पहिलो बारमा गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । जितेन्द्रको फ्रिकिक प्रहारलाई भुटानी गोलरक्षक गावाङ जम्फेलले जज गरे पनि बल नियन्त्रणमा लिन सकेनन् । एक गोलको अग्रता लिएपछि आर्मीले भुटानी टोलीलाई फर्कने मौका दिएन । पाहुना टोलीले 
डिफेन्स लाइनमा एकपछि अर्को गल्ती गरिरहेको थियो । 

भद्रपुर–झापा गोल्डकप फुटबलको अन्तिम चारमा स्थान रक्षा गर्न आर्मीका जितेन्द्र कार्की र सुशान्त चौधरीले समान एक गोल गरे

जसकारण भुटानी टोलीको डिफेन्स लाइन कमजोर देखिन्थ्यो । विपक्षी टोलीको डिफेन्डरकै कमजोरीको फाइदा लिँदै आर्मीले खेलको ६४औँ मिनेटमा २–० को अग्रता लियो । आर्मीका सुशान्त चौधरीले डिफेन्डर तेन्जिन नाम्गेलले बल क्लियर गर्न नसकेको फाइदामा गोल गरे । चौधरीले गोल गर्नुअघि डिबक्सभित्र गिलेस्पिजंग कार्कीले प्रहार गरेको बल पहिलो बारमा ठोक्किएको थियो । बारबाट रिबाउन्ड भएको बललाई चौधरीले वान टचमै गोलको दिशा दिए । 

अनुभवी खेलाडीविना मैदानमा उत्रिएको आर्मीको फिनिसिङ लाइन कमजोर देखिन्थ्यो । मोफसलमा लगातार गोल्डकप खेल्नुपर्दा खेलाडी थकित देखिन्थे । भुटान प्रिमियर लिगको गत सिजनमा उपविजेता बनेको ल्हायुल एफसीले नेपालको प्रतियोगितामा पहिलोपटक खेलेको हो । भुटानमा अहिले अफ सिजन रहेकाले नेपालमा प्रतिस्पर्धा गर्न आएको ल्हायुलले जनाएको छ । 

भुटानी टोलीले चारजना विदेशी खेलाडी राखेको थियो । ती विदेशी खेलाडीबीच तालमेल मिलेन । शुक्रबार अर्को विभागीय टोली एपिएफ फुटबल क्लबले बंगलादेशको काउवार्न बजार प्रगति संघविरुद्ध खेल्नेछ । 

ad
ad