मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ फाल्गुण ११ बिहीबार ११:३३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बेडरुममा रङको के महत्व छ ?

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ११ बिहीबार ११:३३:००

घर बनाएपछि कस्तो रङ लगाउने भन्ने धेरैलाई अन्योल हुन्छ । बेडरुम तपाईंले धेरैभन्दा धेरै समय बिताउने ठाउँ हो । बेडरुमको प्रयोग आरामदायी निद्रा, अध्ययन, बिहानीको चिया–कफी तथा कामका लागि हुने गर्छ । त्यही कारण मानिसहरू बेडरुममा शान्तसँग बस्न रुचाउँछन् । यस कोठालाई आकर्षक बनाउनका लागि बेड फर्निचर, सिलिङ र रङ संयोजन राम्रो हुन जरुरी छ । 

  • बेडरुममा हरियो, सिल्भर ग्रे, क्रिम, गुलाबीलगायत विभिन्न रङ 
  • लगाउन सकिन्छ ।
  • प्रायः महिलालाई गुलाबी रङ मन पर्छ । गुलाबी रङलाई प्रेम, खुसी र राम्रो सम्बन्धको प्रतीक मानिन्छ । 
  • हरियो रङले ताजा महसुस गराउन सहयोग गर्छ । यो रङलाई समृद्धि, सौभाग्यको प्रतीकका रूपमा लिइन्छ ।
  • क्रिम कलर पनि बेडरुममा उपयुक्त हुन्छ । यसले शान्त महसुस गराउँछ । क्रिम कलरमा ग्रिन कलर पनि कम्बिनेसन गर्न सकिन्छ । 
  • हल्का पहेँलो रङ रोज्न सकिन्छ । यसले आशा र सकारात्मकता दिन्छ । पहेँलो रङलाई सन्तुष्टि र खुसीको प्रतीक पनि मानिन्छ । 
  • सेतो रङलाई स्वतन्त्रता र सकारात्मकताको प्रतीक मानिन्छ । यसले शान्ति र पवित्रतासँगै सरलताको पनि संकेत दिन्छ । 
  • गाढा रङको सेडमा हल्का रङको सेडजस्तै हरियोसँग सेतो, स्मोकी ग्रे, अफ ह्वाइट, बेजलगायतले पनि रंग्याउन सकिन्छ । 
  • बेडरुममा रातो रङको प्रयोग राम्रो मानिँदैन । कालो रङ पनि प्रयोग गरिँदैन ।