१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण शिविर सञ्चालन गर्दै सिद्धार्थनगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o९:oo

सिद्धार्थनगर नगरपालिकाले नगरभित्र रहेका छाडा कुकुरलाई नियन्त्रण गर्न बन्ध्याकरण गर्न सुरु गरेको छ। छाडा कुकुरको संख्या बढेपछि नगरपालिकाले बन्ध्याकरण गर्न शिविर नै सञ्चालन गरेको सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानले जानकारी दिए।

नगरपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र रुपन्देहीको सहकार्य र हिमालयन एनिमल रेस्क्यु ट्रस्टको प्राविधिक सहयोगमा मंगलबारदेखि तीनदिने शिविर सञ्चालन गरेको नगरपालिकाका कार्यकारी अधिकृत नवराज पौडेलले बताए। उनका अनुसार तीन दिनको शिविरमा एक सय ५० देखि दुई सय सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको छ। मंगलबार मात्रै ५० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ।

सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख खानले भने। ‘टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविरस्थलमा ल्याई बन्ध्याकरण र उपचार गरेपश्चात् नियन्त्रणमा लिएकै स्थानमा लगेर छाड्छौँ,’ उनले भने।

नगरपालिकाको कार्यालयले सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि सूचना जारी गरेर वडा- टोलमा रहेका सामुदायिक कुकुरबारे जानकारी गराउन नगरवासीलाई आग्रहसमेत गरेको नगरपालिकाका कृषि विकास तथा पशु सेवा शाखाका प्रमुख योगेन्द्रप्रसाद यादवले बताए।