१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

रियलमीको अहिलेसम्मकै स्लिम मोडल ‘रियलमी १०’ नेपाल आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:o८:oo

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँँ मोडल ‘रियलमी १०’को डिजाइन सार्वजनिक गरेको छ । ७.९५ मिलिमिटर मोटाइ रहेको यस मोडललाई कम्पनीले अहिलेसम्म निकालेको सबैभन्दा स्लिम स्मार्टफोन भएको जनाएको छ ।

यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्री जडान गरिएको छ । स्लिम डिजाइन र हल्का तौल अनि शक्तिशाली ब्याट्री भएकाले दैनिक रूपमा धेरै फोन प्रयोग गरिरहनुपर्ने अहिलेको जीवनशैलीलाई रियलमी १० ले धेरै सजिलो बनाउने कम्पनीको दाबी छ । ६.४ इन्चको ठूलो एमोलेड डिस्प्लेका साथै हल्का र अल्ट्रा–स्लिम बडी भएको यो फोन नयाँँ स्मार्टफोन किन्ने सोचमा भएका हरेक ग्राहकका लागि उपयुक्त हुन सक्छ ।

३.५ मिमिको हेडफोन ज्याक र २००% अल्ट्राबुम स्पिकर भएको यो फोन क्ल्यास ह्वाइट र रस ब्ल्याक गरी दुई रंगमा उपलब्ध हुनेछ ।

ad
ad