१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मीनराज बसन्त काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:o७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

घरजग्गा कारोबारलाई प्रविधिले कसरी सहयोग गर्दै छ ?

बढ्दो प्रविधिको प्रयोगले रियल स्टेट विश्वको व्यस्तमध्येको एउटा बजार बनिसकेको छ

Read Time : > 2 मिनेट
मीनराज बसन्त, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:o७:oo

अत्याधुनिक प्रविधि र यसको प्रयोग बढेसँगै रियल इस्टेट (घरजग्गा कारोबार) क्षेत्रमा नयाँ सम्भावनाका ढोकाहरू एकपछि अर्को खुल्दै गइरहेका छन् । तर, यस क्षेत्रमा प्रतिस्पर्धी बनिरहन प्रविधिको भरपूर प्रयोग गर्न आवश्यक छ । पछिल्ला केही वर्षमा अनलाइन रियल इस्टेट कारोबारले आममानिसको ध्यान असामान्य तरिकाले तान्यो । यसको कारण हो, रियल इस्टेटको सम्भावना रूपान्तरित हुँदै जानु ।  अनलाइन रियल इस्टेट भनेको रियल इस्टेटकै एउटा रूप हो । त्यसले घरधनी, रियल इस्टेट एजेन्ट र ब्रोकरलाई विभिन्न प्लेटफर्ममार्फत जोड्छ । साथै, यसले कहाँ सहजै र सर्वसुलभ घरजग्गा पाइन्छ भन्ने कुराको जानकारी उपलब्ध गराउँछ ।

घरजग्गा खरिद–बिक्री व्यवसायमा संलग्न केही व्यक्तिहरूका अनुसार विकसित ट्रेन्ड र फरक–फरक प्रविधिलाई कसरी अंगीकार गर्ने भन्ने राम्रो जानकारी हुनुपर्छ । आधाभन्दा बढी घरजग्गाका ग्राहकले इन्टरनेट र मोबाइल प्रयोग गरी आफूलाई आवश्यक घरजग्गा खोज्ने गरेको पाइएको छ । आजको आधुनिक विश्वमा आफ्नो व्यवसाय बलियो बनाइराख्न नयाँ प्रविधिको प्रयोगबारे नजानी सुखै छैन । 

ब्लक चेन टेक्नोलोजी :  ब्लक चेन टेक्नोलोजी अझै पनि नवीन छ । त्यसबाहेक पनि व्यावसायिक व्यक्तिले बिटक्वाइन मुद्रासँग रियल इस्टेट कारोबारमा नवीन एकीकरण गर्ने देखिएको छ । यदि ब्लक चेन टेक्नोलोजीलाई हेर्ने हो भने बिटक्वाइन हुँदै आउनुपर्ने हुन्छ । तर, नेपालमा यसलाई अवैधानिक मानिएको छ । मान्न त बिटक्वाइनलाई भौतिक सम्पत्ति (डिजिटल एसेट्स) मानिएको छ, जुन ब्लक चेन टेक्नोलोजीअन्तर्गत विकसित भएको हो । विश्वव्यापी कारोबारका लागि यो अत्यधिक विकेन्द्रीकृत भर्चुअल मुद्रा (भर्जुअल करेन्सी) बनेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्सले समग्र रियल इस्टेट सेक्टरलाई एउटा आकारमा ल्याउन खोजिरहेको छ । पहिले रियल स्टेटका एजेन्टले आफ्नो काम फरक–फरक सफ्टवेयर सिस्टम प्रयोग गरी गर्थे भने अहिले एउटै सफ्टवेयरले सबै एजेन्ट समूहको काम गरिदिन्छ ।

सीमारहित हुनु नै यो मुद्राको विशेषता हो । कारोबार गर्नेले यसलाई मन नपराउने सम्भावना हुँदैन । अर्थात्, कुनै मौद्रिक नीतिले यसको वितरणलाई रोक्न सक्दैन । यद्यपि, बिटक्वाइन मुद्रा आफैँ सुरुवाती चरणमा छ । यद्यपि, स्थापना भएको केही वर्षमै यसले झन्डै २ अर्ब डलर संकलन गरेको छ । त्यसो त बिटक्वाइनले विभिन्न क्षेत्रमा सघाउ पुर्‍याउँदै आइरहेको छ । अझै पनि यसका केही बेफाइदा छन् नै । तथापि, ठुल्ठूला रियल इस्टेट व्यवासायीले भुक्तानीका रूपमा बिटक्वाइनलाई स्वीकार गर्दै आइरहेका छन् । 

उनीहरूले किन पनि यसलाई स्वीकार गरिरहेका छन् भने भोलिका दिनमा डिजिट करेन्सीले परम्परागत पैसालाई अवश्य विस्थापित गर्छ । रियल इस्टेट इन्डस्ट्रीमा प्रविधिले प्रयोगमार्फत खरिद तथा बिक्रीकर्तालाई ‘लिनुपूर्व हेर्न सक्ने’ सुविधा दिएको छ । यस्तै, थ्रिडी टेक्नोलोजी र ड्रोनले रियल इस्टेटको एरियल सट खिच्नमा सहयोग पुर्‍याइरहेको छ । यसरी खिचिएका तस्बिर र भिडियोमार्फत एजेन्टले रियल इस्टेटको वास्तविक अनुभूति दिलाएका छन् । प्रायजसो एजेन्ट अत्यधिक समय र पैसा खन्याउनुपर्ने समस्याबाट जोगिन्छन् । किनभने, ग्राहकले आफ्नो तरिकाले भर्चुअल फर्निचरमार्फत प्रोपर्टी रोज्ने सुविधा पाउँछन् । 

विदेशी मुलुकस्थित रियल इस्टेटका लगानीकर्ता सो क्षेत्रमा लगानी गर्नुपूर्व भर्चुअल रियालिटी प्रयोग गर्न मन पराउँछन् । कारण उनीहरूलाई यो ट्रेन्ड आगामी दिनमा अझै बढ्छ भन्ने लागिरहेको छ । यसैलाई विचार गर्दै भर्चुअल रियालिटीको अनुभव पहिलेको भन्दा थप प्रभावकारी बनेको महसुस गरिरहेका छन् । विकसित सत्य र भर्चुअल सत्यको प्रयोगले दीर्घकालीन रूपमा खरिदकर्ता (ग्राहक)लाई स्पेस उपलब्ध गराउने काम गर्नेछ । त्यसबाहेक यसले सम्भाव्य खरिदकर्तासँग जोडिन शीघ्र र सहज तरिकाले सहयोग गर्नेछ । 

आर्टिफिसियल इन्टेलिजेन्सको लोकप्रियता:धैरेजसो मानिस सोच्ने गर्छन् कि आर्टिफिसियल इन्टेलिजेन्सले रियल इस्टेट बजारको प्राविधिक विकासमा भयावह साबित हुन्छ । हामीहरूलाई पनि ह्युमन इन्टेलिजेन्सलाई पुनस्र्थापित गर्न आर्टिफिसियल इन्टेलिजेन्स विकसित गरिएको हो भन्ने लाग्छ, जुन मृत्युको कारणसमेत बन्न सक्छ । 

हाल आर्टिफिसियल इन्टेलिजेन्सले समग्र रियल इस्टेट सेक्टरलाई एउटा आकारमा ल्याउन खोजिरहेको छ । पहिले रियल इस्टेटका एजेन्टले आफ्नो काम फरक–फरक सफ्टवेयर सिस्टम प्रयोग गरी गर्थे भने अहिले एउटै सफ्टवेयरले सबै एजेन्ट समूहको काम गरिदिन्छ । तर, अहिले विभिन्न उद्योगका विभिन्न संस्थाले आर्टिफिसियल इन्टेलिजेन्सको फाइदा उठाइरहेका छन् ।

खासमा, आर्टिफिसियल इन्टेलिजेन्समा आधारित आविष्कार व्यवसायको दक्षता र सुविधाका लागि प्रयोग हुँदै आइरहेका छन् । रियल इस्टेट सेक्टरले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित भई रोबोट प्रयोग गर्छन् । यसो गर्दा ग्राहकलाई घरजग्गाको ‘भर्चुअल टुर’ गराउन सकिन्छ । अर्थात्, ग्राहक र एजेन्टले सम्पत्तिको अवस्था हेर्न फिल्डमै धाइरहनु पर्दैन ।

त्यसो त आर्टिफिसियल इन्टेलिजेन्सलाई ग्राहकको केन्द्रीय पहुँच पनि भनिन्छ । त्यसका अलावा यसले कामको लोडलाई समेत कम गराउँछ । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमार्फत घरजग्गासम्बन्धी अत्यधिक सूचनालाई छान्ने सुविधा पनि दिन्छ । साथै, सच्चा ग्राहकलाई सही समयमा यसबारे सूचना प्रवाह पनि गर्छ । तर, यसो भन्दैमा आर्टिफिसियल इन्टेलिजेन्सले मानवीय शक्तिलाई पूर्ण रूपमा विस्थापित गर्छ भन्ने होइन ।

आर्टिफिसियल इन्टेलिजेन्ससहित नवीन टुल्सको अर्को उदाहरण भनेको जनसेवामा आधारित मापन हो । भौगोलिक अवस्थिति पत्ता लगाउन यो टुल्सले मोबाइल सेन्सर प्रयोग गर्छ । यस्तो एड्भान्स टुल्समा लगानी गरी रियल इस्टेटका एजेन्टहरूले ग्राहकको जिज्ञासालाई सम्बोधन गर्दै सम्पत्तिको भौगोलिक अवस्थाबारे बताउन सक्छन् । र अन्त्यमा, यदि तपाईं रियल इस्टेट एजेन्ट हो भने प्रतिस्पर्धाको शीर्ष स्थानमा रहनु कति महत्वपूर्ण छ भन्ने जान्नुपर्ने हुन्छ ।

यसको राम्रो फाइदा उठाउने तरिका भनेको प्रविधिको प्रयोग नै हो । यसबाहेक एजेन्टले प्रविधिको गतिलाई बुझी आफ्ना रणनीतिलाई विविधीकरण गर्नुपर्छ । आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजीले आगामी दिनमा पक्कै परिवर्तन ल्याउनेछ । बढ्दो प्रविधिले रियल इस्टेट बजारलाई आकार दिइरहेको छ । यो विश्वको व्यस्तमध्येको एउटा बजार बनिसकेको छ । 
– एजेन्सीको सहयोगमा

ad
ad