Skip This
राष्ट्रपति निर्वाचन : २०६८ को जनगणनाको आधारमा मतभार तय हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ८ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ८ सोमबार १५:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति निर्वाचन : २०६८ को जनगणनाको आधारमा मतभार तय हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ८ सोमबार १५:४९:oo

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार ०६८ सालको जनगणनाको आधारमा गरिने बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपश्चात् सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताएका हुन् । उनले ०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुनको अनुसूची १ मा उल्लेख भएबमोजिमको मतभारलाई आधार मानी निर्वाचन सम्पन्न गराउने स्पष्ट पारे ।

निर्वाचनसम्बन्धी कानुनले लगत्तै सम्पन्न भएको मतगणनाको नतिजालाई आधार मानेर मतभार कायम गर्ने व्यवस्था गरेको भए पनि हालैको जनगणनापछिको आधिकारिक नतिजा आयोगलाई प्राप्त नभएकाले ०६८ को जनगणनालाई आधार मान्नुपरेको उनले उल्लेख गरे । उनका अनुसार २५ गते हुने निर्वाचनका लागि दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको उनले बताए । ‘जम्मा हाम्रा मतदाता आठ सय ८४ जना हो । पाँच सय ५० जना प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यतर्फ संसद् सचिवालयबाट प्राप्त विवरणअनुसार एउटा पद रिक्त रहेको चितवन २ र दुईवटा पद निलम्बित रहेको भन्ने आयोगलाई विवरण प्राप्त भएको छ । त्यसको कानुनबमोजिम विश्लेषण गरेर आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ,’ थपलियाले भने ।

प्रमुख आयुक्त थपलियाले २५ गते दिउँसो ३ बजेसम्ममा मतदान सम्पन्न गरेर ४ बजेदेखि मतगणना गरी साँझ ७ बजेभित्रमा परिणाम प्रकाशित गरिसक्ने आयोगको आन्तरिक तयारी रहेको बताए । कुनै पनि उम्मेदवारले बहुमत प्राप्त नगरे २६ गते नै अर्को निर्वाचन गर्ने उनले जानकारी दिए ।