१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सिरिजको अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्दै नामिबिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:१४:oo

आइसिसी विश्वकप क्रिकेट लिग– २ को त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नाे अन्तिम खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा आज नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेको हो। 

अहिले स्कटल्यान्डले ३२ ओभरमा पाँच विकेट गुमाएर एक सय ३७ रन बनाएकाे छ। यस सिरिजको आफ्नो अन्तिम खेलमा नामिबियाले स्कटल्यान्डलाई हराउँदै सुखद अन्त्य गर्न चाहन्छ। 

नामिबिया पहिलो खेलमा घरेलु टोली नेपालसँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डसँग १० विकेटले हार व्यहोरेको थियो। 

त्यस्तै, तेस्रो खेलमा नामिबिया नेपालसँग तीन विकेटले पराजित भएको थियो। स्कटल्यान्ड पनि नामिबियालाई हराउँदै जित पक्का गर्न चाहन्छ। विभिन्न सात राष्ट्र सहभागी विश्वकप लिग– २ मा स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र नाै खेलमा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ। 

नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ। यस सिरिजमा नामिबियाको आज अन्तिम खेल हो भने स्कटल्यान्डले भोलि घरेलु टोली नेपालसँग खेल्नेछ। 
 

ad
ad