१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format o८:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राजर्षि जनक कपको फाइनल आज

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format o८:५२:oo

सर्लाहीको बागमतीमा जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनल जित्ने मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबले दाबी गरेका छन् । शनिबार बागमती नगरपालिका– ११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको पत्रकार सम्मेलनमा दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने दाबी गरे । मछिन्द्र साबिक सहिद स्मारक ए डिभिजन लिग विजेता टोली हो । जालाखेलले भने मध्यस्थानमा रहेर लिग टुंग्याएको थियो । दुवै टोली जसरी पनि उपाधि आफ्नो पोल्टामा पार्ने दाउमा छन् । 

फाइनल खेलमा जित निकाल्दै सिजनकै पहिलो उपाधि उचाल्ने दुवै टोलीको दाउ छ । उपाधि जित्ने टिमले राजर्षि जनक कपको इतिहासमा पहिलोपटक नामसमेत लेखाउने अवसर प्रात गर्नेछन् । दुवैबीच सिजनको पहिलो फाइनल भेट हो । मच्छिन्द्र यसअघि राजर्षि जनक कपको उपविजेता भएको थियो । जावलाखेल पहिलोपटक फाइनलमा पुगेको हो ।

अनुभवी खेलाडीको साथले फाइनल खेल जित्ने मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले दाबी गरे । ‘हामी अनुभवी खेलाडीको साथमा छौँ ।’ उनले भने, ‘अर्को कुरा, अघिल्लो प्रत्येक खेलमा सुधारिएको प्रदर्शन गरेका छौँ ।’ टोलीका खेलाडीले पछिल्लो खेलमा लय देखिएकाले आफू उत्साहित बनेको मच्छिन्द्र क्लबका कप्तान सुजल श्रेष्टले बताए ।

खेल निकै प्रतिस्पर्धात्मक हुने भन्दै जावलाखेलमा प्रशिक्षक सुनील श्रेष्ठले फाइनल प्रतिस्पर्धाका लागि तयार रहेको बताए । ‘पहिलाको खेलमा भएका त्रुटि सच्याउँदै आएका छौँ ।’ उनले भने, ‘हामीसँग युवा खेलाडी धेरै छन् । उनीहरूको प्रदर्शनसमेत उम्दा रहेकाले हामी विजयी हुनेमा ढुक्क छौँ ।’ तथापि लिग विजेता टिमसँगको प्रतिस्पर्धा भएकाले कडा टक्कर हुने प्रशिक्षक श्रेष्ठले दाबी गरे । मच्छिन्द्रले सुदूरपश्चिम– ११, लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । जावलाखेलले संकटा क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।