१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format १९:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

उपाधि जित्ने मच्छिन्द्र र जावलाखेलको दाबी, फाइनल भाेलि

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १९:३१:oo

सर्लाहीको बागमतीमा जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनल जित्ने मच्छिन्द्र फुटबल क्लब काठमाडाैं र जावलाखेल युथ क्लब ललितपुरले दाबी गरेका छन्। 

शनिबार बागमती नगरपालिका– ११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको प्रि-फाइनल कन्फरेन्समा दुवै टोलीले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने दाबी गरेका हुन्। 

प्रतियोगिताको फाइनल खेल भोलि हुँदै छ। फाइनलमा जित निकाल्दै सिजनकै पहिले उपाधि उचाल्ने दाउमा दुवै टिम छन्। उपाधि जित्ने टिमले राजर्षि जनक कपको इतिहासमा पहिलोपटक नाम लेखाउने अवसर प्राप्त गर्नेछ। 

राजर्षि जनक कपमा मच्छिन्द्रले यसअघि उपविजेता भएको थियो। 

आफ्ना अनुभवी खेलाडीको साथले फाइनल खेल जित्ने मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले दाबी गरे। ‘हामी अनुभवी खेलाडीहरूको साथमा छौँ,’ उनले भने, ‘अर्को कुरा, यसअघिका प्रत्येक खेलमा सुधारिएको प्रदर्शन गरेका छौँ।’ 

मच्छिन्द्रका क्याप्टेन सुजल श्रेष्ठले टिमका खेलाडीबीच पछिल्ला खेलहरूमा लय देखिएकोले आफूसमेत उत्साहित बनेको बताए। 

जावलाखेलका प्रशिक्षक सुनील श्रेष्ठले खेल निकै प्रतिस्पर्धात्मक हुने आशा राखेको भन्दै उपाधि भिडन्तका लागि आफ्नो टिम तयार रहेको बताए। 

‘यस पहिलाको खेलहरूमा भएका त्रुटि सच्याउँदै आएका छौँ,’ उनले भने, ‘हामीसँग योङ खेलाडीहरू छन्। उनीहरूको प्रदर्शनसमेत उम्दा रहेकोले हामी विजयी हुनेमा ढुक्क छौँ।’ 
 
मच्छिन्द्रले सुदूरपश्चिम– ११ लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। जावलाखेलले संकटा फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। 

मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशि रहेको राजर्षिजनक कप फुटबल प्रतियोगिताको विजेता टिमले १० लाख नगद र राजर्षि रनिङ सिल्ड तथा उपविजेता टोलीले नगद पाँच लाख पुरस्कार प्राप्त गर्नेछ।